२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम एउटै ज्याला भने फरक-फरक



अ+ अ-

सिन्धुली । कमलामाई नगरपाालिका–२ की सीतामाया भोलन र आफ्ना श्रीमान् जगतसँगै खेतीको काममा जान्छन् । उनीहरू दैनिक ज्यालादारी गर्छन् । दिनभरको कामपछि सीताले पाँच सय रुपैयाँ थाप्छिन् भने जगतले एक हजार । काम उत्तिकै हो, श्रीमान् हलो जोत्छन्, श्रीमती रोपाइँ गर्छिन् । यहाँ कामदार पुरुष र महिलाको ज्याला वर्षौंदेखि फरक–फरक छ ।

‘उहाँले ९श्रीमान्० हलो जोत्ने, पटाहा, आली लगाउने, बाउसेलगायतका काम गर्नुहुन्छ, म छुपुछुपु धान रोप्ने काम गर्छु,’ सीताले भनिन्, ‘काम उस्तै हो तर ज्याला आधा मात्र हुन्छ ।’ काम नगरे छाक टार्न समस्या हुने भएकाले असमान ज्यालामा पनि महिला कामदार दलिन बाध्य छन् । सीता मात्र हैन, सयौं महिला कामदार असमान ज्यालाबाट पीडित छन् ।

‘घर निर्माण, सडक, खेतबारी काम होस् या अन्य कुनै सबैमा महिलालाई कम ज्याला दिने गरिएको छ, सँगै डोकामा गोबर दिनभर बोक्दा पनि ज्याला भने कम पाइन्छ,’ कमलामाईं नगरपालिका ५ पोखरेल गाउँकी सीता सार्कीले गुनासो पोखिन्, ‘हिउँदमा होस या वर्षामा महिनालाई पुरुषसरह ज्याला दिइँदैन ।’

असमान ज्यालाका कारण महिलाहरू पुरुषबाट प्रताडितसमेत हुने गरेका छन् । सँगै काम गर्दा धेरै ज्याला पाउने हुनाले पुरुषले मदिरा सेवन गर्दासमेत केही बोल्न नसक्ने सीताको ठहर छ । ‘तैलेभन्दा बढी कमाएको छु, भनेर हप्कीदप्की गर्छन्, केही बोल्न सकिन्न,’ उनले भनिन् ।

पहिलादेखिकै चलन भएकाले ज्याला कम दिने गरेको काम लगाउनेहरूको भनाइ छ । महिला कामदारले भन्दा पुरुषले बढी जोखिमका काम गर्ने भएकाले ज्याला बढी दिनुपरेको कनपा ४ ढुंग्रेवासका कृषक केदार दाहालको भनाइ छ । ‘महिला कामदारले मिस्त्री, हलो जोत्नेदेखि जोखिमका कुनै काम गर्न सक्दैनन्,’ उनले भने, ‘पुरुषसरह दिन थाल्यो भने कामदार नै पाइँदैन ।’

महिलालाई धेरै ज्याला दिँदा हेपिएको महसुस गर्दै पुरुष कामदार काममै नआउने गरेको कनपा ६ का लोकविक्रम थापाले बताए । हेपिएको अथवा काम बढ्ता हुने गरेको भन्दै पुरुष कामदार नै बढी ज्याला माग्ने गर्नाले समान बनाउनै नसकिने उनको तर्क छ । ज्यालामा मात्र हैन खानेकुरामा समेत महिलाहरू हेपिने गरेका छन् ।

रोपाइँमा पुरुष कामदारलाई खान दिएपछि मात्र महिलालाई दिने गरेको कनपा ६ अधेरीकी दिलमाया रम्तेलले बताइन् । ‘पुरुषलाई अघाउजी खाजा दिइन्छ, तर हामीलाई भने बचेखुचेको दिने गरिएको छ,’ उनले भनिन्, ‘ज्याला त कम दिइन्छ नै, खानेकुरामा समेत भेदभाव छ ।’

महिलालाई निजी क्षेत्रमा मात्र हैन, सरकारी काममा समेत असमान ज्याला रहेको भेटिन्छ । जिल्ला दररेटअनुसार महिला हुन् या पुरुष दुवै कामदारले न्यूनतम ६ सय कायम गरिएकाले असमान ज्याला दिएको उजुरी परे कारबाही गरिने जिल्ला प्रशासनले जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।