२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटनको पोखरी विवादः हतारमा खन्ने कि तयारीका साथ खन्ने ?



अ+ अ-

ललितपुर । ललितपुर महानगर कार्यालयसँगै दक्षिणपट्टि रहेको साढे पाँच रोपनीको खुला स्थलमा असारको ३१ गतेसम्म पर्यटकका सवारी साधन पार्किङ्ग भइरहेको थियो । साउन १ गते एकाएक पोखरी शिलान्यास भएपछि यो स्थानको चर्चा चुलियो ।

पार्किङ्ग भइरहेको उक्त स्थानको टेण्डर आव्हान गरेसँगै उक्त स्थानको चर्चा चुलिएको हो । नः त्वाः मंका खलले उक्त स्थानमा पोखरी बनाउन माग गर्दै साउनको १ गते शिलान्यास गरेको थियो ।

पाटन दरबारलगायत पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने पर्यटकको सवारी साधन पार्किङ्ग सञ्चालन गरिएको उक्त स्थानमा विसं २०२१ सालसम्म पोखरी थियो । त्यतिबेला राजकुलोबाट त्यो पोखरीमा पानी आउँथ्यो । त्यस पोखरीको वरिपरि बस्ती बढेसँंगै राजकुलो मासियो । पोखरीमा पानी जम्मा हुन नसकेपछि सुख्खा मैदानमा परिणत भयो ।

मैदान बनेको उक्त पोखरी रहेको स्थानमा वि.सं २०५४ साल महानगरको सक्रियतामा सभाहल बनाउन शिलान्याससमेत भएको थियो । तत्कालीन उपमहानगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको पहलमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सभाहल निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

सोही स्थानमा पोखरी नै बनाउनुपर्ने स्थानीयहरुको मागका कारण उक्त सभाहल बनाउने कार्यले सार्थकता पाउन सकेन । तत्कालीन मेयर बुद्धिराज बज्राचार्यले जोखिम मोल्न चाहनुभएन । फलस्वरुप त्यो स्थान फोहोर फाल्ने स्थानको रुपमा परिणत हुँदैगयो । फोहोर र दुर्गन्धले स्थानीयहरु आजित भए । त्यसपछि यस्तो कार्यले शहर दुर्गन्धित र कुरुप बनाउने निष्कर्षसहित तत्कालीन उपमहानगरले उक्त स्थानको संरक्षण गर्ने र सो स्थानमा पार्किङ्ग सञ्चालन गर्ने निर्णय लियो ।

पोखरी संरक्षण हाम्रो मुख्य दायित्व हो । समय आएपछि हामी सो स्थानमा पोखरी नै निर्माण गर्छौं । –चिरिबाबु महर्जन

सो वेलामा २० हजार रुपियाँ मासिक उपमहानगरपालिकालाई बुझाउने गरी टेण्डरमा लगाइएको थियो । त्यसवेला नःटोलका स्थानीयहरुले नै टेण्डर पाएका थिए । सो टेण्डरको म्याद सकिएपछि उपमहानगरपालिका रहँदैको समयमा पुनः टेण्डर गरियो । तत्कालीन ललितपुर उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणि पाण्डेको कार्यकालमा टेण्डर खोलिएको थियो ।

दुई पक्षबीच तनाब बढाउने काममा नगर प्रहरी प्रमुख कदमलाल महर्जनको हात रहेको महानगरपालिकाको आरोप छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनले नःटोलका स्थानीयबासी महर्जन उपमहानगरको प्रहरी प्रमुख भएपछि स्थानीयहरुलाई हातमा लिएर त्यस बेलाको टेण्डरमा सहभागी भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–आगामी वर्ष नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी सो स्थानमा पर्यटक बसपार्क बनाउने र भविष्यमा महानगरले सो स्थानमा पोखरी नै बनाउने निर्णय गरिसकेको छ । उहाले टेण्डर पाइसकेपछि आन्दोलन गर्नुको कुनै औचित्य नभएको धारणा राख्दै अब टेण्डरको सम्झौता सकिएपछि पुनः पोखरी निर्माण प्रक्रियामा जाने बताउनुभयो ।

पोखरी बनाउन डिपिआर तयार गर्नुपर्छ, वातावरणीय परीक्षण गर्नुपर्छ, त्यसको लागि विस्तृत योजना बनाएर काम गर्न केही समय कुर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर प्रक्रिया पूरा भैसकेको अवस्थामा स्थानीयको नाममा नगरप्रहरीकै संलगनतामा आन्दोलन गर्नु उचित नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–पोखरीको विषयमा त चर्चा चल्यो तर सो स्थानमा समितिले कब्जा जमाएर भोज खाने भवन निर्माण गर्नु गलत छ ।

उहाँले अब पोखरीनै निर्माण गर्ने हो भएपछि सो क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको भवनलगायत संरचना भत्काउनुपर्छ । उहाँले कदमलाल उहाका परिवारका सदस्यले टेण्डर पारेर पटक पटक पार्किङ स्थल सञ्चालन गर्दा त्यतिबेला नै पोखरी बनाउनुपर्ने कुरा उठाएको भए हालसम्म पोखरीको केही संरचना निर्माण भैसक्ने उहाँको भनाइ थियो ।

स्थानीय निकायको कर्मचारी नभएको अवस्थामा नगर प्रहरी प्रमुखसमेत रहेका महर्जनले तत्कालीन कार्यकारी प्रमुखलाई दवाव र प्रभावमा पारेर टेण्डरमा सहभागिता जनाउन सफल भएको आरोप महानगरको छ । पछिल्लो समयसम्म पार्किङ सञ्चालन गरेको नः टोल पलेस्वा पुखु संरक्षण समितिले मासिक ४० हजार रुपियाँमा ३ वर्षसम्म पार्किङ्ग सञ्चालन गरेको थियो ।

पयटन बर्षलाई लक्षित गरी हाललाई बसपार्क र भविष्यमा पोखरी नै बनाउने निर्णय गरिसकका छौं । – राजु महर्जन

उक्त अबधिमा भएको टेण्डरको सम्झौताअनुसार प्रत्येक वर्ष निश्चित प्रतिशत बढ्दै जाँदा यो असारमसान्तसम्म ५७ हजार पुगेको थियो । जुन अहिलेको समयमा अत्यन्तै न्युन भएको महागरका राजस्व विभाग प्रमुख दिल्लीराज शाक्य भन्नुहुन्छ ।

महानगरपालिकाले गत जेठ १० गते टेण्डरको सूचना प्रकाशित गरेको थियो । शाक्यका अनुसार महानगरपालिका वडा नं. ८ पिन्छे निवासी विनोद महर्जनले मासिक १ लाख ६१ हजारमा टेण्डर पाउनुभयो । राजस्व प्रमुख शाक्यले भन्नुभयो– ‘टेण्डर प्रक्रियामा जाँदा सबैभन्दा बढी बोलकबोलकर्ताले नै टेण्डर पाउँछन् । टेण्डरबाट प्राप्त हुने रकम महानगरको आम्दानी हो । जुन आम्दानी जनताको हितको लागि नै प्रयोग हुने हो ।’ तर, अहिले स्थानीयको अवरोधको कारण कारण काम सुचारु भएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले महानगपालिकाको नियम र कानुनविपरीत गएकोले नगरप्रहरी महर्जनलाई हाललाई निलम्बन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– महानगरको राजश्व संकलन कार्यमा व्यवधान गरेको र पार्किङको राजश्व संकलन गर्ने विषयमा अवरोध गरेकोले नगरप्रहरी महर्जनलाई प्रहरी निर्देशिका अनुसार हाललाई निलम्बन गरेका हौ ।

महानगरका मेयर चिरीबावु महर्जनले ‘पोखरीहरु हाम्रो सम्पदा हुन्, हामी जनप्रतिनिधि भएर आइसकेपछि पिम्बहाल पोखरी, पूर्णचण्डी पोखरी लगायतका थुप्रै पोखरीहरुको पुनर्निर्माण र जर्णिोद्धार गर्न सफल भएका छौं । यस पोखरीका विषयमा पनि एकै रातमा सबै कुरा तयारी गर्न सकिंदैन, पोखरी संरक्षण हाम्रो मुख्य दायित्व हो ।

समय आएपछि हामी सो स्थानमा पोखरी नै निर्माण गर्छौ ।’ उहाँले प्रक्रिया पूरा गरी पार्किङ शुल्क उठाउने जिम्मा पाइसकेको निकायलाई राजस्व संकलन गर्न नदिने र तालाबन्दी गर्नेसम्मको कार्य गलत भएको बताउदै तत्काल ताला खोली शुल्क उठाउने कार्यसञ्चालन गर्न आग्रह गर्नुभयो । विगत ७–८ बर्ष अघिदेखि सो स्थान पर्यटक बसपार्कको रुपमा ठेक्कामा लगाउँदै आइरहेकोमा ठेकेदारले बुझाउने रकम धेरै न्यून देखिएपछि महानगरले टेण्डर आब्हान गरेको उहाँले दोहोर्याउनुभयो ।

ममाथि लगाइएको आरोप भुटो होस् कदमलाल महर्जन

म एक सामाजिक प्राणी हुँ । समाजमा बसेपछि समाजले आयोजना गरेको कुनैपनि कार्यक्रममा मेरो उपस्थित हुनु स्वाभाविक हो । तर महानगरपालिकाले नःटोलस्थित पलेस्वा पुखुःमा पार्किङको विषय मेरो संलग्नाता रहेको आरोल लगाएर ममाथि अन्याय गरी २ गते निलम्बन गरेको चिठ्ठी ६ गते थमायो । नः टोल पलेस्वा पुखु (पोखरी) रहेको जग्गामा मैले पार्किङ सञ्चालन गरेको आरोप झुटो हो । पोखरीको जग्गामा पार्किङ सञ्चालन गर्ने निकाय नः टोल पलेस्वा पुखु संरक्षण समिति हो । म नःटोल मंका खलको अध्यक्षको हैसियतले पोखरी शिलान्यास कार्यक्रममा सहभागी भएको हुँ ।

महानगरको प्रहरी प्रमुखको हैसियतले मैले महानगरको कानुनअनुसार चल्नु पर्छ । तर मलाई कुनै जानकारी नै नदिई मलाई निलम्बन गरिएको छ । यो विषयमा के गर्ने भन्ने विषमा छलफल गरिरहेको छु । पोखरीको बसपार्क सञ्चालनमा मेरो कुनै संलग्नता छैन । टोलवासीले गरेको कार्यक्रममा म जानै नहुने भन्ने प्रश्न गर्नु सरासर गलत हो । ४० टोलका ज्यापु समाजका अध्यक्षहरुको उपस्थिति रहेको क्षेत्रमा म पुग्नु मरो दायित्व हो । हामीले विगत ३ वर्षदेखि नै सो क्षेत्रमा पोखरी बनाउने विषयमा तत्कालीन ललितपुर उपमहानगरपालिकालाई जानकारी गराइसकेका थियौं ।

महानगरपालिका भवन रहेको जग्गासहित चार वटा पोखरी रहेको सो क्षेत्रको पानी मुहानमा पोखरी बनाउनु र मुहान जोगाउनु हाम्रो दायित्व हो । हामीले पोखरी बनाउने ठाउँमा पुन पार्किङ गर्न नहुने भएपछि नटोलका कोही पनि टेण्डर प्रक्रियामा सहभागी नभएको हो । हिजो मंगलबारदेखि पोखरी नबनाउने निर्णय गरेसम्म स्थानीयले पार्किङ क्षेत्रमा ताला लगाइदिएका छन् । बि.सं २०२६ सालमा ब्यक्तिको नाममा दर्ता भएको पोखरी हाम्रै पहलमा अदालतको निर्णयपछि पोखरी कायम गर्न सफल भएका छौ । सो क्षेत्रमा पोखरी नै बनाउँछौं ।

पोखरी अहिले नै बन्नुपछ
वावुराजा महर्जन, अध्यक्ष, नः टोल पलेस्वा पुखु संरक्षण समिति
हामीले वेवारिसे ठाउँलाई व्यवस्थित गर्न केही समय बसपार्क सञ्चालन गरेका हौं । तत्कालीन ललितपुर उपमहानगरपालिकाले सो क्षेत्र संरक्षण गर्न आग्रह गरेपछि शुरुमा ५ हजार त्यसपछि २० हजार र हाल मासिक ४१ हजार रुपियाँमा पार्क व्यस्थित गरेका हौं ।

महानगरपालिकाले हामीमाथि लगाएको आरोप गतल छ । पोखरी बनाउनुपर्ने मुख्य दायित्व हाम्रो हो । सो स्थानमा पुन पोखरी नै निर्माण गर्नुपर्छ भनेर हामीले टेण्डर नहालेका हौं । दुब्यसनी बस्ने स्थान भएपछि हामीले २०७१ सालदेखि सो स्थानको संरक्षण गरेका हौं ।

पोखरी बनाउनुपर्ने माग गर्दै हामीले उपमेयर गीता सत्याललाई ज्ञापनपत्र बुझाइसकेका थियौं । स्थानीयवासीको मागलाई वेवास्ता गरेर टेण्डर खोल्नु नै महानगरको गलत निर्णय हो । हामीलाई टेण्डर नपाएर आन्दोलन गर्दै हिडेको आरोप लगाउनु गलत हो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै