२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण डुब्दै छ मधेस



अ+ अ-

सिरहा । ‘हेलिकोप्टरबाट हेर्दा चुरे क्षेत्रका खोला सुक्खा छन्। मधेसमा बाढीको उफान छ। बाढीप्रभावित प्रदेश २ का जिल्लाको हवाई अवलोकनपछि गत बुधबार जनकपुरमा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष सो विषयमा जिज्ञासा राखे। जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अत्यधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नुु यसको कारण हो भन्दै कमला नदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोहरकुमार साहले प्रस्ट्याए। उनले भने, ‘चुरेतर्फ सुक्खा तथा मधेसमा डुबानको मूल कारण चुरेको अनियन्त्रित दोहन हो।’
बाढीको स्थायी समाधान चुरे क्षेत्रको दोहन रोक्नुपर्ने निष्कर्षबाढीको स्थायी समाधान चुरे क्षेत्रको दोहन रोक्नुपर्ने निष्कर्षप्राविधिक र विज्ञहरूको बिफ्रिङ सुनेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण नै रहेको बताए। उनले चुरेलाई बचाउन र त्यसलाई छेडखानी गर्ने क्रम रोक्नुपर्ने धारणा राखे। गृहमन्त्री रामबहादुर थापाले पनि प्रदेश २ मा बाढीले बितन्डा मच्चाउनुको कारण चुरे विनाश नै प्रमुख भएको बताएका छन्।

लाभकारी अहिले विनाशकारी बन्दै
चुरे पहाड आउने भल दुई दशकअघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन, बालुवा र गेग्रान बोक्छ, जसले तराई–मधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन मद्दतगरिरहेको छ। मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ। पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ। शनिबार कमलानदीमा आएको बाढी यसको उदाहरण हो। मनसुनको पहिलो वर्षाले सिरहासहित धनुषाका अधिकतर गाउँबस्ती डुबायो। डुबानबाट जोगाउन बनाइएको कमला नदीको पूर्वी तथा पश्चिमी तटबन्ध बाढीले सिरहा र धनुषातर्फको तटबन्ध ठाउँठाउँमा भत्काएपछि बाढी गाउँ पस्यो एक दर्जनभन्दा बढी बस्ती डुबानमा परे। बाढीले खेतमा बालुवा बिसाउँदै अघि बढ्दा लहलाउँदो अन्नबाली सखाप भयो।

यसरी विनासकारी बन्दै मधेसका नदी
दुई दशकअघिसम्म बसपिट्टा भएर बग्ने कमलानदी कुलोजस्तो थियो। साँघुरो खहरेजस्तो थियो कमला। खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए। स्थानीय किसान रामप्रसाद सधोले भने, ‘पहिला यो कुलो आकारको कमलाबाट यस भेगमा सिँचाइ हुन्थ्यो। मनग्गे अन्न उत्पादन हुन्थ्यो। सबै जनता खुसी थिए। बाढी आउँदा हामी अझ बढी खुसी हुन्थ्यौं,’ उनले प्रस्ट्याए, ‘बाढीले माथि चुरेबाट बोकेर ल्याउने पाँगो माटोले हाम्रो खेतलाई उर्वर बनाउँथ्यो तर जुन दिनदेखि कुलो कमला नदी भयो त्यो दिनदेखि हामी कंगाल भयौं।’

नदीमा बालुवा थुप्रिँदै जानुको कारणबारे जिज्ञासा राख्दा स्थानीय फेकना पासनाले भने, ‘चुरियामाई (चुरे)मा लकडीपाती (रूख) र पाखन (ढुंगा) बेहिसाब निकाल्ने गरिएको परिणाम हो यो।’ चुरेबाट रुखबिरुवा, ढुंगा, ग्राभेललगायत बेहिसाब निकाल्दा सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका खोलामा थुप्रिएर खोलाको सतह उठ्दै गएको उनको भनाइ छ। मधेसको डुबान, मरुभूमीकरणजस्ता समस्या समाधानका लागि भने खोलामा होइन मूल (चुरे)मै उपचार खोज्नुपर्ने विज्ञहरू बताउँछन्।

पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे एक सय ६४ वटा खोलाको मुहान हो। अन्य खोलाको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुन्छन्। चुरेले नेपालको कुल क्षेत्रफलको १२ दशमलव ७८ प्रतिशत भूभाग ओगटेको छ। हिमालय उत्पत्तिको क्रममा करिब चार करोड वर्षपहिला गेग्रान, फुस्रो माटो, पत्रे चट्टान आदिबाट बनेको कान्छो पहाड हो, चुरे। चुरे जति कमजोर छ, त्यहाँबाट निस्केका खोला त्यति नै चञ्चल छन्। यसमा निरन्तर भइरहेको दोहनका कारण खोलाले धार परिवर्तन गर्दा बाढीपहिरोको जोखिम झन् बढाएको छ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पूर्वसदस्यसमेत रहेका डा। यादवका अनुसार चुरे विनास र यस भेगका खोलामा हुने अनियन्त्रित दोहनले तराई–मधेसका अधिकांश क्षेत्रमा सामान्य झरी हुँदा पनि डुबान हुने गरेको छ। डाँडै नांगो हुनेगरी चुरे मास्न थालेपछि मधेसमा बाढीको क्षति सदाबहार बनेको हो।

मधेसमा बाढीले क्षति पुर्याउनु मधेस नभई चुरे पहाड भएको प्रस्ट भएपछि पछिल्लो समय मधेसकेन्द्रित दलका नेताले चुरे दोहन नियन्त्रण मुद्दा जोडतोडले उठाउन थालेका छन्। चुरेबाट मधेस भएर बग्ने नदी दिनदिनै विनासकारी बन्दै जानु अत्यधिक दोहन नै हो भन्दै साहले उपप्रधानमन्त्री यादवलाई प्रस्ट्याएका थिए। ‘अत्यधिक एवं अनियन्त्रित दोहनका कारण चुरेले पानी सोस्ने क्षमता गुमाउँदै गएको छ,’ उनले भने, ‘जसकारण वर्षाको पानी छिट्टै चुरेबाट गेग्रान बोकेर नदी हुँदै मधेसमा प्रवेश गर्छ र यहाँको गाउँबस्ती डुबाउँछ।’ प्रमुख इन्जिनियर साहले मधेसका नदीमा नदीजन्य पदार्थको अवैज्ञानिक उत्खननले तटबन्ध एवं भौतिक संरचना कमजोर भई जोखिममा परेको टोलीलाई बताए।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।




भर्खरै