२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको पीडा : ‘ज्यान जोगाउने ठाउँ माग्दा नदिने यो कस्तो रोटी र बेटीको सम्बन्ध’



अ+ अ-

रौतहट । अघिल्लो शुक्रबार साँझ आकाशमा कालो बादल लागेर ठूलो वर्षा हुने संकेत देखियो । ईशनाथ नगरपालिका १ बन्जाराहा–बलुवा बजारका व्यापारी र स्थानीय हतारमा खाना खाएर चनाखो भई बसे । प्रायः कोही सुतेनन् ।

रातिदेखि वर्षा हुन थाल्यो । बिहानसम्ममा बजार डुबानमा परिसकेको थियो । यो बजार भारतीय सीमा बलुवा गाउँसित जोडिएको छ । मित्रताको प्रतीक बनेको बजार बाढी र डुबानले ज्यान जोखिममा परेका बेला छिमेकी भारतीयले शत्रुको व्यवहार देखाए । उद्धार र सहयोग त परै जाओस् उनीहरूले एकतर्फी रूपमा सीमामा लगाइएको बाँध भत्काउन नेपाली आउँछन् भन्ने आशंकाले पहरा दिई बसिरहे । पारितिर ढिम्किन पनि दिएनन् ।

लालबकैया र झाँझ नदी अनि अकाशे पानी थुप्रेर भारतीय सीमा क्षेत्रमा पुगेपछि पानीले निकास पाउँदैन । बाँधले रोकेपछि ईशनाथ नगरपालिका नै डुबानमा पर्छ । यसबाट जोगिन नेपालीले खोज्ने क्रममा भारतीयले ढिम्किन नदिएका हुन् । त्यति मात्र होइन सीमा क्षेत्रमा आउन लाग्यो भनेर केहीले त ढुंगा समातेर हाने पनि । अरू बेला दुवै देशका नागरिक मिलेर बस्छन् । बजारमा आउने भारतीयले नेपालीमाथि गर्ने मित्रवत कसैले अनुमान लगाउन सक्दैनन् ।

तर विपद्का बेला देखाइएको व्यवहारले चित्त दुःखेको स्थानीय व्यापारीको भनाइ छ । नदीको पानी गाउँ पसेर सिंगो नगरपालिका डुबानमा पारिसकेको थियो । उत्तरबाट बगेको पानी सिधै बाँधमा गएर रोकिन्छ । भारतले एकतर्फी रूपमा लगाएको बाँधले बर्सेनि गाउँ डुबानमा पार्दै आएको छ ।

झन्डै ७ फिट माथि पानी जमेपछि स्थानीय सबै छतमा बसेर ज्यान जगाउन थाले । कोही भारतीय भूमिमा गएर ज्यान जोगाउन बाहिर निस्के । त्यतिबेलासम्म भारतीय सुरक्षाकर्मी र स्थानीयले पहरा दिइसकेका थिए । नेपालीहरू बाँधमा गएर सुरक्षित बस्नलाई भारतीयले रोके । जानै दिएनन् ।

यस्तो हरकत देखेर स्थानीय अचम्ममा परे । ‘अरू बेला मित्रवत् व्यवहार गर्ने छिमेकी विपतका बेला शत्रु बनेको देख्दा अचम्म लाग्यो,’ स्थानीय व्यापारी रामपुकार साह भन्छन्, ‘ज्यान जोगाउने ठाउँ माग्दा दिएनन् । यो कस्तो रोटी र बेटीको सम्बन्ध हो ।’ भारतीयलाई नेपाली आएर बाँध भत्काइदिने ठूलो त्रास थियो । बाँध भत्कियो भने भारतीय बलुवालगायतको गाउँ बगाउने खतरा उत्तिकै थियो । त्यसैले बिहान हुन नपाउँदै बाँधमा सीमासुरक्षा बल ९एसएसबी० हरू आधुनिक हतियारसहित तैनाथ थिए ।

नेपालतर्फको बजारका धेरैजसो व्यापारी बाँधसम्म पुग्न पाए ज्यान जोगिन्थ्यो भन्ने आसमा थिए । त्यही भएर हारगुहार गरे । पानीको सतह बढ्दै गएपछि उनीहरूमा त्रास बढेको थियो । भारतले एकतर्फी रूपमा २०३२ सालमा अग्लो बाँध बनाएको थियो । नेपाली भूमिको पानी त्यही पुगेर रोकिन्छ । अनि बस्ती डुबानमा पर्छ ।

२०७४ साल साउन २९ मा लगातारको वर्षापछि गाउँ डुबानमा हुँदा बाँध भत्किएको थियो । ‘त्यसबेला नभत्किएको भए ईशनाथमा ठूलो मानवीय क्षति हुन्थ्यो,’ कार्यपालिका सदस्य गृषनन्दन सिंहले भने, ‘त्यही कारणले होला अहिले भारतीय रातभरि बाँधमा गस्ती गर्छन् । सुरक्षा दिइरहेका छन् ।’ अहिले पनि उनीहरू त्रिपाल राखेर रातभरि पहरा दिइरहेका छन् । सीमाक्षेत्रको महत्त्वपूर्ण मानिने बन्जाराहा–बलुवा बजारमा अरू बेला नेपालीसित निकै राम्रो सम्बन्ध हुने गरेको छ । उनीहरू यही बजारमा किनमेल गर्न आउँछन् ।

राति मादक पदार्थ सेवन गर्ने थलो पनि यही हो । दशगजामा लाग्ने बजारमा दुवै देशका मानिस झगडा गरेको बिरलै सुनिन्छ । दसैंको बेला दुर्गा पूजा समिति गठन हुन्थ्यो । अहिले पनि समितिका अध्यक्ष भारतीय छन् । यति प्रगाढ सम्बन्ध बाढीको बेला शत्रुमा बदल्छ भनेर स्थानीयले चित्त दुःखाएका छन् । डुबानबाहेकका बेला एकले अर्कालाई निकै सहयोग गर्छन् । रोटीबेटीको सम्बन्धको भूमिका निर्वाह गर्छन् ।

तर डुबानका बेला देखाइने शत्रुवत् व्यवहारले चित्त दुःखेको स्थानीय रामपुकार साहले बताए । ‘ज्यान जोगाउन आउँछौ भन्दा पनि नदिने कस्तो मित्रता हो रु’ उनले भने, ‘प्राकृतिक विपद्का बेला एकले अर्कालाई मद्दत गर्नुपर्ने बेला उल्टै टुलुटुल पीडा हेरेर बस्ने रु आश्रयसमेत नदिने ।’

नेपाली भूमि डुबानमा परेका बेला भारतीय बाँधमा उभिएर रमिते बन्थे । उनीहरू घरीघरी पूर्व र पश्चिम क्षेत्रमा निगरानी बढाउँथे । रातभरि सुत्दैनथे । भारतीयले ठूल्ठूला बोरा राखेर बाँधलाई मजबुत बनाएका छन् । बन्जाराहा बजारमा भेट्टिएका भारतीय नागरिक सुरेशकुमारले बाढीका बेला आफूलाई पनि ठूलो चिन्ता लाग्ने गरेको सुनाए ।

‘नेपाली आफ्नो भूमि डुबानमा पर्नुको कारण बाँध हो भन्छन् अनि भत्काउन आउँछन्, ‘उनले भने, ‘सुरक्षित स्थानमा बस्न आउन लाग्दा रोकेको होइन । आगामी दिनमा दुवै देशका नागरिक कसरी सुरक्षित हुन्छन् भन्ने तिर सोच्नुपर्छ ।’ उनी डुबानबाट पीडित छिमेकी व्यापारीलाई सान्त्वना दिन पारिबाट आएका थिए ।

यो नगरपालिका पनि बाँधकै कारण डुबानमा परेपछि अधिकांश मानिस तीन दिनसम्म सडकमै रात बिताए । अहिले स्थिति सामान्य बन्दै गएको छ । मानिस घर सफा गरेर बस्न थालेका छन् । घरको लत्ताकपडा र अन्नपात बाहिर निकालेर सुकाउन थालेका छन् । नगरपालिकाका मेयर सन्तोष मेहताले बाँधकै कारण ठूलो समस्या झेल्नुपरेको बताउँछन् ।

सदरमुकाममा उस्तै
सदरमुकाम गौरको अवस्था पनि उस्तै देखियो । लालबकैया र वाग्मती नदीको पानी गाउँ पसेपछि सदरमुकाम डुबानमा पर्‍यो । सीमाक्षेत्रको बैरगनिया बाँधले पानी रोके पछि डुबानमा परेको हो । यसको पूर्व क्षेत्रमा ४ वटा साइफन ९बाँधको ढोका० जडान गरिएको छ । स्थानीय प्रशासनले साइफन खोल्न अनुरोध गरे पनि भारतीयले मानेनन् । यहाँ पनि भारतीय सीमा सुरक्षा बल बाँधमा गस्ती गर्न खट्यो ।

स्थानीयसमेत निगरानी गर्न आएर बसे । नेपालीलाई वरपर ढिम्किन दिएनन् । सीमाक्षेत्रको भन्सार एरियामा ठूलो पानी जमेको थियो । यसको निकास भनेको साइफनको ढोका खोल्नुपर्ने थियो । भारतीय पक्षको यस्तो हरकत पछि गौकार स्थानीययले सामाजिक सञ्जालमार्फत निकै विरोध जनाए ।

धेरैले बाँध फुटेर भारतीयलाई बगाएको हेर्न ठूलो रहर छ भनेर स्टाटस नै लेखे । दुवै नदीको पानीको सतह घटेपछि डुबान कम भएको हो । त्यसपछि भारतीयले बाँधको साइफन खोलेको जस्तो गरेको थियो । गौरका स्थानीय नेता शम्भु साहले डुबानका बेला साइफनको ढोका खोल्ने सहमति गरेर पनि भारतले धोखा दिँदै आएको बताए । ‘विपद्का बेला छिमेकीले गर्ने व्यवहार ठीक भएन,’ उनले भने, ‘छिमेकी भनेको त मर्दापर्दा साथ दिने हुनुपर्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै