२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ जोड्ने ५५ सडक अबरुद्ध



अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षातले जिल्लाभरका ग्रामीण भेगका सडक भास्सिएर बन्द हुन थालेका छन् । जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट विभिन्न गाउँ जोड्ने ५५ वटा सडकमा धेरै बर्खालगत्तै अवरुद्ध हुने अवस्थामा पुगेका छन् ।

जिल्लाभरमा २५ सय किलोमिटर ग्रामीण सडकमा पाँच सय किलोमिटर ग्राभेल र अन्य प्रमुख सडकमा दुई सय किलोमिटर कालोपत्रे गरिएको छ ।

‘ग्रामीण भेगका कच्ची सडक बर्खासँगै बन्द हुन थालेका छन्, कतै भने मर्मतसम्भारपछि सञ्चालनमा ल्याएको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । नयाँ खुलेका सडक र अरनिको राजमार्ग, लामोसाँघु चरिकोट सडक खण्डको केही भागमा पहिरोले हिलाम्मे बनाएको उनले सुनाए । ‘यात्रुलाई सास्ती नहोस् भनेर सवारीसाधन आउजाउ गर्नका लागि जहिले पनि अवरोध हटाउने तयारी गरिरहेका छौं,’ उनले भने ।

जिल्लाका उत्तर पूर्वी भेगका सबै ग्रामीण सडकखण्ड बर्खा सुरु भएसँगै बन्द हुँदै गएका छन् । भोटेकोसी गाउँपालिको मार्मिङ, तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीका गाउँमा पुग्ने सबै सडक वर्षासँगै पहिरोले पुरिएका छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रासमेत जोखिमपूर्ण बनेको छ ।

बाह्रबिसे–तातोपानी २६ किलोमटिरको दूरीमा दसकिलो, सिरिसे, जम्बु, झिर्पू, डाकालाङ, कोदारीजस्ता स्थानमा वर्षासँगै पुराना पहिरो फेरि खस्न थालेका छन् । अरनिको राजमार्गकै जुरे, बलेफीमा अझै सुक्खा पहिरो रोकिएको छैन । ‘यातायात त टाढाको कुरा ,पैदल यात्रासमेत सम्भव छैन, सबैतिर समस्यैसमस्या हुन्छ,’ सुनकोसी गाउँपालिका टिमुरेगाउँका पदम तामाङले भने । बर्खा
लागेपछि यहाँका गाउँका सबै सडक सुक्खा पहिरोले बन्द हुने गरेको सुनाउँदै उनले बर्सेनि लाखौंखर्चेर मर्मत गरिए पनि प्रभावकारी हुन नसकेको दुःखेसो गरे ।

‘गर्मीमा धुलाम्मे, बर्खामा हिलाम्मे हुन्छ, सास्ती भोग्नुपर्ने हामी गाउँलेले नै हो,’ उनले भने । चिनियाँ कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको कोदारी राजमार्गको बसेरी लिपिङ खण्ड क्रमशः बर्खे वर्षातसँगै क्षतिग्रस्त हुँदै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर ,चोकटी, घोर्थली पुग्ने सडक वर्षाले भास्सिएर बन्द हुन थालेका छन् ।

बाह्रबिसे नगरपालिकाअन्तर्गतका गाती, घुम्थाङ, कर्थली, राम्चेदेखि इन्द्रावती गाउँपालिकाको माझीगाउँ जोड्ने ग्रामीण सडक हिलो, पहिरोले अवरुद्ध बनाएको छ । यसैगरी भूकम्पबाट हिमाली गाउँका गोरेटो लथालिंग भएकाले आवतजावतमै समस्या पाइएको छ ।
मध्य र पश्चिम भेगका लेकाली बस्ती पुग्ने कच्ची सडकका गोरेटो भास्सिएर क्षतविक्षत भएका छन् । मध्यभेगका लोल्चे, गुम्बा, सेलाङ, पाङताङका लेकाली बस्तीका बासिन्दा मारमा परेका छन् । जुगल गाउँपालिकाको सेलाङबाट गोल्च जाने गोरेटो बिग्रिएपछि बोल्दे, सिमपानीजस्ता धेरै बस्तीमा आउनजानसमेत समस्या भएको छ ।

भोटेकोसी गाउँपालिकाको मार्मिङ ह्याङ्लेका स्थानीय बाटो छ्यादीको बाढीले बगाएपछि समस्यामा परेका छन् ।

छोटो सडकमार्ग सुचारु
मकवानपुर– अविरल वर्षाका कारण सातायता अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने दुवै छोटो मार्ग सुचारु भएका छन् । हेटौंडा–सिस्नेरी–काठमाडौं र हेटौंडा–फाखेल–काठमाडौं दुवै सडक खण्ड आइतबारदेखि सुचारु भएको हो । विभिन्न खण्डमा गएको पहिरो पन्छाएसँगै दुवै मार्ग सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार तत्काल कान्ति लोकपथ भने सुचारु हुन समस्या छ । ‘कान्तिलोक पथका विभिन्न स्थामा ठूलाठूला ढुंगासहितको पहिरो खसेको छ । जसको कारण तत्काल खुल्ने अवस्था देखिँदैन,’ उनले भने । उनका अनुसार उक्त सडक निर्माणकै क्रममा रहेको र डाँडाहरू कटिङ भएका कारण धेरै ठाउँमा पहिरो गएको हो । कान्ति लोकपथअसारको दोस्रो सातायता अवरुद्ध छ । यसैगरीपहिरो पन्छाउने क्रममा इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेको महुरीभीरमा पुरिएको स्काभेटर निकालिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।




भर्खरै