२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार पछि यता पनि मौलाएको भू-माफियातन्त्र, सरकारी जमिनमा शहर



अ+ अ-

मुगु । कहिले प्रधानमन्त्रीनिवास बालुवाटार त कहिले विभिन्न सार्वजनिक स्थानका जग्गा हडपेर आफ्नो बनाई बिक्री गरेर देशभर आतङ्क फैलाएका भू–माफियाहरूले मुगुमा पनि आतङ्क मच्चाउन थालेका छन् ।

उनीहरूले मुगुको पश्चिम भेगस्थित खत्याड गाउँपालिकामा रहेको मार्थिचौरको सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी घर बनाएका हुन् । स्थानीयबासीका अनुसार ती भू–माफियाहरूले पछिल्लो केही समययता बाँकी रहेका ती जग्गा जग्गा धमाधम खरिदबिक्री गरेका छन् ।

नापी कार्यालय मुगुको तथ्याङ्कअनुसार साविकको श्रीकोट गाविस–६ मा रहेको हालको खत्याड गाउँपालिका–५ मार्थिचौर भन्ने स्थानमा रहेको उक्त जग्गा सरकारी हो । २०५०/२०५१ को एकोहोरो नापीअनुसार उक्त जग्गाको क्षेत्रफल १५ हजार ७ सय ९७ दशमलव ५० वर्गमिटर रहेको कुरा सरकारी कागजमा स्पष्ट उल्लेख छ ।

नापी कार्यालय र मालपोत कार्यालयका अनुसार तीमध्ये धेरैजसो जग्गामा ५१ वटाभन्दा बढी घर बनाई ती जग्गामा बजार बसाउन लागिएको छ ।
स्थानीयबासीहरूबीच कुरो नमिल्दा २०५०/२०५१ भन्दा अघिदेखि नै उक्त जग्गा नापी हुनसकेको थिएन ।

उक्त ठाउँमा आफू जन्मनुभन्दा पहिले बाजेको पालादेखि नै गाईवस्तु चराउने गरिएको बताउँलदै सोही गाउँपालिका–४ केरैगाउँका ७७ बर्षीय रत्नबहादुर थापाले भन्नुभयो, ‘सरकारी जग्गा भनेर जान्दाजान्दै पनि भू-माफियाहरू आएर आफूखुसी घर बनाउँदै किन/बेच गरिरहेका छन् ।’

एक स्थानीयका अनुसार शाह र थापा बस्तीका मानिसको गौचरणका रूपमा चिनिदैँ आएको माथिचौरको उक्त जग्गामा आर्थिक कारोबार गर्नुपर्दा उनीहरुले माथिचौरको घर देखाई लालुपूृर्जा अन्तकै जग्गा देखाउने गरेका छन् ।

सोही गाउँपालिका–४ केरैगाउँका ६९ वर्षीय रन्दीप थापाले उक्त जग्गामा आफ्नो ४ वटा घर बनाइएको स्वकार्नुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।