२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीडीसीले किन्यो पौने तीन अर्बको दूध



अ+ अ-

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले २०७५/७६ मा स्थानीय दुग्ध उत्पादक कृषकबाट उत्पादित ४ करोड २ लाख ३५ हजार लिटर कच्चा दूध खरिद गरेको छ। यो गत चैतसम्मको तथ्यांक हो। यसबापत उसले कृषकलाई दुई अर्ब ७१ करोड ४९ लाख ३३ हजार रुपैयाँ भुक्तानी दिएको छ।

२०७४/७५ मा कुल कच्चा दूध संकलन गरी जम्मा कृषक भुक्तानी रकम २ अर्ब ७१ करोड ४९ लाख ३३ हजार रुपैयाँ भएको थियो। विराटनगरस्थित संस्थानको धुलो दूध कारखानाको ३ मेट्रिक टन प्रतिदिनको क्षमतालाई दोब्वर गरी डेरी ह्वाइटनरसमेत उत्पादन गर्ने गरी कारखाना पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ। प्रदेश नं १ सरकारको आर्थिक सहयोगबाट सोही कारखानामा ब्वाइलर तथा आईस बैंक खरीद प्रकृया बढेको तथा प्रदेश ५ सरकारको ५० प्रतिशत अनुदानमा २ थान ९ हजार लिटर क्षमताको रोड मिल्क ट्यांकर खरिद भएको छ।

संस्थानको आन्तरिक स्रोत परिचालनबाट क्रमिक रूपमा पुराना मेसिनरी सामानको विस्थापनबाट लागत घटाउने तथा क्षमता अभिवृद्धि गरेको छ। यो पाँचवटा प्रदेशमा विस्तार भएको छ। संस्थानका वितरण आयोजना प्रदेश नम्बर १, प्रदेश नम्बर २, प्रदेश नम्बर ३, प्रदेश नम्बर ५ र सुदुरपश्चिम प्रदेशमा विस्तार भएको हो।

२००९ सालमा स्वीस सरकारको सहयोगबाट निर्मित लाङटाङ चिज उत्पादन कारखाना भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त भएकोमा स्वीस सरकारकै सहयोगमा उक्त कारखानाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। रसुवा जिल्लाको चिलिमे तातोपानी तथा थुमनमा नयाँ याक चिज उत्पादन कारखाना स्थापना गरी उत्पादन कार्य सुरु गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।