२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. सीके राउतमाथि चलचित्र



अ+ अ-

काठमाडौं । भूमिगत राजनीतिबाट केही समयअघि खुला भएका मधेसवादी नेता डा। सीके राउतको जीवनीमा चलचित्र निर्माण सुरु भएको छ । चलचित्रको नाम पनि ‘डा. सीके राउत’ नै राखिएको छ । चलचित्रको टिजर बुधबार काठमाडौंमा सार्वजनिक गर्दै छायांकन सुरु गरिएको छ ।

आफ्नो जीवन कथालाई चलचित्रमा उतारेर डा। सीके राउत बनाउँदा आफूलाई खुसी लागेको डा। राउतले कार्यक्रममा बताए । चलचित्रको स्क्रिप्ट मन परेको र निर्माण टिमको जोसजाँगर देखेर आफ्नो जीवन कथालाई चलचित्र निर्माणका लागि अनुमति दिएको नेता राउतले बताए ।

‘मलाई भेट्न आउँदा खासै विश्वास लागेको थिएन । पछि उहाँहरूले पटक–पटक भेट्न खोज्दा समय दिएँ र पछि चलचित्र निर्माण सुरु भएका कारण राम्रो मान्छे भेटें भन्ने लाग्यो,’ राउतले कार्यक्रममा भने ।

चलचित्रमा ५० प्रतिशत राउतको जीवन कथा र ५० प्रतिशत काल्पनिक कथा राखिएको छ । यो चलचित्रलाई आगामी छठ पर्वमा प्रदर्शन गरिने जानकारी निर्माण घोषणा समारोहमा गराइयो ।

विजेता गिरीको प्रस्तुति रहने चलचित्रलाई सन्तोष साहले निर्देशन गर्नेछन् । चलचित्रमा भोजपुरी चलचित्रका अभिनेता परदेशी शाहले डा। सीके राउतको भूमिका निभाउनेछन् । चलचित्रमा परदेशीसँगै ध्रुव कोइराला, पुकार भट्टराई, विशाल पहाडी, किरण थापासहितको मुख्य भूमिका रहनेछ । यो चलचित्रलाई पवन गौतमले छायांकन गरिरहेका छन् । रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन रहने चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ । चलचित्र नेपाली भोजपुरी र हिन्दी भाषामा बन्ने समाचार राजधानी दैनिकमा प्रकाशित छ ।