२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दिएको राहात अझै पुगेन, जनता भने भोकभोकै



अ+ अ-

मोरङ । घरमा बाढी पसेपछि गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । उनीहरू तीन दिनदेखि राम्ररी खान र सुत्न पाएका छैनन् ।

केसलिया खोलाको बाढी बस्तीमा पसेपछि विराटनगर–१२, सिमराहीकी मनीषा ऋषिदेव तीन दिनदेखि बखरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेकी छन् । उनी सात महिनाकी गर्भवती हुन् । पोषिलो खाना र आरामको आवश्यकता हुने बेला राम्ररी खान र सुत्न नपाएको उनले बताइन् । ‘एकै ठाउँ धेरै जना खाँदिएर बसेका छौं,’ उनले भनिन्, ‘सुत्न र खान पनि समस्या छ ।’

विस्थापितलाई वडा कार्यालयले खाना उपलब्ध गराइरहेको छ । भात, उरिदको दाल, आलु र सोयाबिनको तरकारी बिहान–बेलुका दिइएको छ । अन्जुला ऋषिदेव, कृति ऋषिदेव र राखी ऋषिदेव पनि उनीसँगै बसिरहेका छन् । उनीहरू तीनै जना गर्भवती छन् । विद्यालय बसाइ कष्टकर भएको उनीहरूको गुनासो छ । ‘घरमा भएको अन्नपात सबै बग्यो,’ मनीषाले भनिन्, ‘किनेर खान पैसा छैन, वडाले दिएको खानेकुराले पेट भरिन्न ।’

उक्त विद्यालयमा आश्रय लिएर बसेका १ सय २२ परिवारका ६ सय १० जनामध्ये १ सय ५० भन्दा बढी बालबालिका रहेको प्रहरीले जनाएको छ । बालबालिकालाई वडाले बिहान एक प्याकेट बिस्कुट र दिउँसो खाना उपलब्ध गराउँछ । ‘बिहान बिस्कुट खाएपछि बालबालिका अपराह्न भोकले छटपटिन्छन्,’ अजय ऋषिदेवले भने, ‘भोकै बस्नुपर्ने अवस्था छ ।’ वृद्धवृद्धाको हालत पनि उस्तै छ ।

वडा कार्यालयले दिएको खानाले पेट नभरिएको ६० वर्षीया पारो ऋषिदेवले बताइन् । सिंघिया र केसलिया खोलाको नदीउकास जग्गामा बस्दै आएका उनीहरू बर्सेनि बाढीको चपेटामा पर्छन् । विराटनगर महानगर प्रमुख भीम पराजुलीले नदी किनारका सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्ने भन्दै आए पनि हालसम्म अवस्था ज्युँका त्युँ छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।