२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले डोल्पा पठाएको औषधि नेपालगन्जमै रोकियो



अ+ अ-

काठमाडौं । खराब मौसमका कारण डोल्पाको जुफाल विमानस्थल तीन दिनदेखि बन्द छ । उडान हुन नसकेपछि प्रदेश सरकारले पठाएको पीयूषलगायतका औषधि नेपालगन्जमै रोकिएको छ । बिरामीको चाप बढ्दै गएकाले जिल्लामा मौज्दात औषधि पनि सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

विमानस्थल आसपास क्षेत्र हुस्सुले छोपिएकाले कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुफालले जनाएको छ । जहाज नआएपछि सर्वसाधारण विमानस्थलमै अलपत्र परेका छन् । नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सका उडान नभएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको छ ।

डोल्पाको ठुलीभेरी नगरपालिकामा एक सातादेखि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणबाहिर छ । जिल्ला अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्न थालेको छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा २५ जना बिरामीको उपचार भइरहेको छ । जिल्ला अस्पतालका अनुसार डाक्टर, नर्स र कर्मचारी गरी डेढ दर्जन टाइफाइडले थला परेका हुन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।