२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा कसरि चुनिदै छन् पदाधिकारी केन्द्रिय सदस्यहरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसीर २४ (आगामी शुक्रबार) गतेबाट सुरु हुँदैछ । देश संघिय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो । यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रिय समिति बनाउने छ । काँग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् ।

कांग्रेसको संसोधित बिधान अनुसार सहमहामन्त्रिहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने तर सबै केन्द्रिय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।  महाधिवेशनबाट निर्वाचित भएका केन्द्रिय सदस्य मध्यबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रिय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।

१४ औं  महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष ९खुला० ३५ जना केन्द्रिय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रिय समितिले थप ३३ जना केन्द्रिय समिति मनोनयन गने व्यवस्था विधानमा छ । केन्द्रिय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरि २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिने छन् ।

यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् । यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रिय सदस्य बिधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ । निर्वाचित केन्द्रिय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचीत भए ४१ जना हुनेछन । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रिय सदस्यमा मनोनित गर्नु पर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रिय सदस्यमा पुग्नेछन ।




भर्खरै