२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यही मंसिर १९, २० र २१ गते काठमाडौंमा ‘राष्ट्रिय धर्मसभा र राष्ट्रिय सम्मेलन’ हुँदै



अ+ अ-

काठमाडौं । विश्व हिन्दु एकता परिषदले मंसिर १९ गतेदेखि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्ने भएको छ । देशको धर्म, संस्कृति र परम्पराहरुको नाश भइरहेको र यस्तो अवस्थामा चेतनशील नागरिक चुप लागेर बस्नु ठीक नभएकाले भन्दै यही मंसिर १९, २० र २१ गते राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

परिषद्ले अहिलेको व्यवस्था नै असफल भैसकेको निश्कर्ष निकालेको छ । उसले वर्तमान व्यवस्था खासगरि गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विफल भैसकेको निश्कर्ष निकालेको छ । परिषदले व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका तीनवटै अंग पंगु भईरहेको र जनताले अहिले बेथिति, महँगी र भ्रष्टाचार भोग्नुपरेको भन्दै यसबाट मुक्ति दिलाउनको लागि पनि राष्ट्रिय धर्मसभा तथा राष्ट्रिय गोलमेच सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारेको हो । 

कार्यक्रममा बोल्दै संयुक्त राज्य जनआन्दोलन मोर्चाका अध्यक्ष तथा प्रमुख अथिति तारानाथ लुर्इँटेलले विश्व हिन्दु एकता परिषदले गर्न लागेको राष्ट्रिय धर्मसभाको सफलताको कामना गर्दै आफ्नोपनि यसमा सहयोग र सहभागिता हुने विश्वास दिलाए । यस्तै, उनले नेपालका राजनीतिक दलहरुले विदेशबाट आयातित धर्म र विचार नेपाली जनतामा लाँद्ने काम गरेको पनि आरोप लगाए । उनले विदेशी एजेण्डा नेपालमा लाँद्ने नेताहरुलाई देशबाट मुक्त गर्नुपर्ने र यही नै अहिले जनताले खोजिरहेको आवश्यकत्ता औंल्याए । 

उनले राजसंस्था, वैदिक सनातन हिन्दुअधिराज्य, अखण्ड नेपाल र संयुक्त शासन प्रणालीले मात्र नेपाललाई सही तवरले अघि बढाउनसक्ने भन्दै अबको दिनमा नेपाली जनता शसक्त रुपमा यी एजेण्डा लागुगर्न अगाडि आउनुपर्नेमा जोड दिए । ‘संसद् बन्द छ, दलहरुले जनताको संसद्लाई बन्धक बनाएका छन् । रेमिट्यान्सको भरमा देश चलेको छ । न्यायपालीका, व्यावस्थापिका र कार्यपालीका स्वस्थ हुन सकेको छैन्,’–उनले भने । साथै, उनले मुलुकमा विदेशीको ईसारामा ख्रीस्चियन धर्म ल्याएको भन्दै हिन्दुधर्मलाई सिध्याउन खोेजेको आरोप लगाए ।  
राष्ट्रिय धर्मसभाका राष्ट्रिय संयोजक किशोरी महतोले देशमा जबसम्म प्रजातन्त्र र राजसंस्था स्थापित हुँदैन तबसम्म यो देश र जनताको भलो नहुने दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजाको नाम भजाएर जनतालाई ठगिरहेको पनि आरोप लगाए । 

‘अहिलेको अवस्थामा पार्टीहरु राजावादी हुनै सक्दैनन् । जति ठुलो महाधिवेशन गरेपनि यिनीहरु राजावादी हुनै सक्दैनन् । चुनाव लडेर प्रधानमन्त्री र मन्त्री खानेसँग हामी मिल्न सक्दैनौं । राजाको लागि काम गरेको मान्छेलाई राप्रपालाई चिन्दैन्’,–उनले भने । साथै, उनले राप्रपाको महाधिवेशनको मञ्चमा आएर गणतन्त्रवादीहरुले जाल फालेको भन्दै राप्रपाले त्यो कुरालाई राम्रोसँग् बुझ्नुपर्ने टिप्पणी गरे । अभियन्ता डा. ठाकुरमोहन श्रेष्ठले नेपालमा दिगो शान्ति र धर्मको संरक्षण गर्नको लागि यो राष्ट्रिय धर्मसभा गर्न लागिएको भन्दै कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरेका थिए । उनले विदेशीहरुले नेपालको सनातन धर्म, संस्कृति र राजसंस्थालाई नासिदिएको भन्दै यसलाई बचाउन देशभरका ॐकार परिवार एकजुट भएर लाग्नुपर्ने पनि बताए । ‘हाम्रो पहिचान नास बनाएका छन् । अब राजसंस्था पूर्नःस्थापना गर्न जरुरी रहेको छ’–उनले भने । 

नेपालका कम्युनिष्टहरुले समेत राजसंस्थालाई स्विकार गरिसकेको उल्लेख गर्दै उनले भने,‘जसले टाउको काटेर कम्युनिष्टको विचारधारा नेपालमा ल्याएका थिए, तीनै व्यक्तिविशेष र दलहरुले पनि स्विकार गसिकेका छन् । त्यसैले अबको आवश्यकत्ता भनेको नेपाली जनता र राजाबीचको एकता हो’ । 
कार्यक्रममा विजेश्वरी मन्दिरका पुजारी हेमन्त शाक्यले उक्त कार्यक्रम राष्ट्रको लागि विशेष रहने बताए । उनले गणतन्त्र नेपालको लागि फिट हुन नसकेको पनि सुनाए । यस्तै, उनले राष्ट्र भएमात्र जनताको अस्तित्व रहने भन्दै राष्ट्रलाई बचाउन आग्रह गरे । 

कार्यक्रममा अभियान्ता घनेन्द्र बहादुर बस्नेतले देशको राजनीतिक अवस्था भताभुङ्ग भएको बताउदै देशमा प्रजातन्त्रसहितको राजतन्त्र आवश्यक रहेको बताए । साथै, उनले राष्ट्रिय धर्मसभा कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए । संयुक्त राज्य जनआन्दोलन मोर्चाका राष्ट्रिय संयोजक शोभाराम थापाले विश्व हिन्दु एकता परिषद्ले गोलमेच सम्मेलन गर्ने साहस राखेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले राजतन्त्र हिन्दुधर्मको संरक्षक रहेको भन्दै उनले भने,‘जब यो देशमा गणतन्त्र आयो, हिन्दु धर्मलाई समाप्त पार्ने खेल भइरहेको छ । त्यसैले हिन्दु मात्र होइन् जयन, मुस्लिम बुद्ध धर्मलगायत सबै धर्महरु एक भएर लाग्नुपर्छ’ । 

यस्तै, उनले अब नेपालमा एकीकृत रुपमा नागरिक आन्दोलन सुरु हुने बताउदै शान्ति र राष्ट्रियताका अगाडि बमहरु नतमस्तक हुने उल्लेख गरेका थिए । कार्यक्रमा बोल्दै विश्व हिन्दु एकता परिषदका उपाध्यक्ष यश तुलाधरले राष्ट्र बचाउने अभिभारा सबैको भएको भन्दै जनताहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।