२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सरकारमा विधि र गति दुवै छैन, ओलीले काम गर्ने मेसो नै पाएका छैनन् : नेता पौडेल



अ+ अ-

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी सरकारले काम गर्ने मेसो नै नपाएको आरोप लगाएका छन् ।

विराटनगरमा बिहिबार पत्रकारसँगको कुराकानीमा उनले नेकपा सरकारमा विधि र गति दुवै नभएको कारण काम गर्ने कुरामा कुनै मेसो नपाएको बताएका हुन् । उनले बिना प्राथमिकताको आधारमा सरकार अगाडि बढेको कारण अल्मलिएको बताए ।

पौडेलले पार्टीको महासमितिले विधानलाई परिमार्जन र परिस्कृत गर्न दिएको म्याण्डेट अनुसार नेतृत्व अघि बढ्न नसकेको आरोप लगाए । ‘पार्टी सभापति शेरबहादुर देउवासँग बहुमत छ र त्यसको बलमा पार्टीलाई हाँक्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘यो पार्टी र मुलुक दुवैको हित विपरित छ ।’

पौडेलले कांग्रेसले अहिले आफ्ना एजेण्डा लिई मिलेर जनातासामू जानुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालार्य व्यवस्थित र पार्टीलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।