२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामद्वारा डर्टमन्ड पराजित



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलमा बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले बोरुसिया डर्टमन्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सोन हेयुङ मिन, फेर्नान्डो लोरेन्टेले र जान भेर्टोङहेनले समान १–१ गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ४७औं मिनेटमा सोन हेयुङको गोलबाट अग्रता लिएको थियो ।

खेलको ८३औं मिनेटमा भेर्टोङहेनको गोलबाट २–० को अग्रता बनाएको टोटनह्यामले ८६औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने लोरेन्टेले गोल गरेका थिए ।

लोरेन्टेको गोलसँगै ३–० गोलको अग्रता बनाएको टोटनह्यामले बाँकी समयमा डर्टमन्डलाई रोक्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।