२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति महेन्द्रनगरमा, सवारी हुने स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको बेदकोटमा बिहिवारदेखि सुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्न उपराष्ट्रपति नन्द बहादुर पुन महेन्द्रनगर पुगेका छन् ।

बेदकोट नगरपालिकाले गरेको मेलाको उद्घाटन गर्न उपराष्ट्रपति बुधवार बिहान महेन्द्रनगर पुगेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख मोहन बहादुर मल्लसहित प्रदेश सरकारका सभामुख र मन्त्रीहरु स्वागत गरेका थिए ।

पुन महेन्द्रनगरस्थित होटल ओपेरामा बस्ने छन् । बिहिवार हुने पर्यटन मेलाको उद्घाटन पछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको अवलोकन गर्ने कार्यक्रम रहेको आयोजक बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

उपराष्ट्रपति महेन्द्रनगर पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्ग लगायत उपराष्ट्रपतिको सवारी हुने विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।