२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा खाना पर्व



अ+ अ-

चितवन । पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे। सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताए।

प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाले पर्वको आयोजना गरेको हो । सो अवसरमा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगर प्रमुख नारायण वन लगायतले सरकार र व्यवसायीबीचको संयुक्त प्रयासले मात्र सौराहाको विकास सम्भव रहेको बताए ।

सौराहामा रहेको सिसुवार खेल मैदानमा सोमबारदेखि शुरु भएको हो । पर्वमा ५० वटा खाना र पाँचवटा प्रदर्शनी कक्ष रहेको संयोजक ध्रुव गिरीले बताए । पर्वमा विदेशीसहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ । पर्व परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले बताए ।

शुक्रबारसम्म पर्व चल्नेछ । पर्वमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारीबीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिकाबीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रङ्गाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

पर्वबाट भएको आन्दानीबाट वडा नं ५, ६, ७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाइको लागि पाँच प्रतिशत रकम विनियोजन गरिनेछ ।