२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन १२ अंक भन्दा बढीको गिरावट देखिएको सेयर बजारमा सोमबार १ दशमलव ३४ अंकको सुधार देखिएको ।

सेयर बजारमा १ दशमलव ३४ अंकको सुधार आउदा नेप्से परिसूचक १ हजार १ सय २८ दशमलव ८६ अंकमा पुगेको छ ।

परिसूचकमा झिनो सुधार देखिए पनि कारोबार रकममा भने गिरावट आएको छ । सोमबार दिनभर भएका ४ हजार ९ सय ८२ कारोबारबाट १ सय १६६ कम्पनीका ६ लाख ८७ हजार ३ सय ३६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २० करोड २७ लाख १४ हजार २२ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस अघि आइतबार २३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सोमबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पहिलो नम्बरमा देखिएको छ । माथिल्लो तामाकोशीको सोमबार १ करोड ४० लाख ६५ हजार ६ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस कम्पनीको सेयर मूल्य सोमबार २ सय ३२ रुपैयाँ रहेको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक कारोबार रकमका आधारमा दास्रो स्थानमा देखिएको छ भने तेस्रो स्थानमा एनएमबी बैंक देखिएको छ ।

यी बैंकहरुको क्रमशः ९३ लाख ८५ हजार ९ सय ८२ रुपैयाँ र ८२ लाख ५२ हजार ६ सय ३९ रुपैयाँको सेयर कारोबार भएको छ ।