२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका फलामे पुल जीर्ण



अ+ अ-

जुम्ला । कर्णाली राजमार्गअन्तर्गतका फलामे पुल (बेलिब्रिज) जीर्ण बन्दै गएका छन् । फलामे पुलको आयु पाँचदेखि आठ वर्षसम्म हुने भए पनि १४ वर्ष पुराना त्यस्ता पुलमा अहिले पनि सवारी साधान गुड्दैछ ।

लामो समयदेखि पुलमा निरन्तर गाडी गुड्ने र माटो थुप्रिएकाले पुलका सबै फलामे डण्डी खिएका छन् । उक्त राजमार्गअन्तर्गतको कालिकोट र सेरीघाट तिलानदी माथिको पुल र जुम्ला र कालिकोट सिमानामा पर्ने हिमा नदीमाथिको फलामे पुल जीर्ण छ भइसकेको छ । पुलमा कसिएका कतिपय नट झरिसकेको अवस्थामा पनि गड्ने गाडीको चाप दिन प्रतिदिन बढ्दै गएको छ ।

रारा आउने आन्तरिक र बाह्य पर्यटक पनि यो पुलको अवस्था दयनीय भइसकको बताउँछन् दिनहुँ कर्णाली राजमार्ग भएर आउने उनीहरू पुलको अवस्था देखेर भयभित हुन्छन् । तिला कर्णाली यातायात प्रालीका सचिव लक्ष्मीबहादुर रोकायाका अनुसार पक्की पुल नबनेको र फलामे पुलको आयु पनि सकिसकेको छ तर पनि गाडी गुडाउन बाध्य छौँ । उक्त राजमार्गअन्तर्गत अन्य दुई दर्जन पुल पनि अलपत्र हुँदा पनि कसैको चासो नरहेको उहाँको गुनासो छ ।

यस राजमार्गमा त्रासमै चालकले सवारी साधन चलाइरहेका छन् । किला–काँटा फुस्किएर फलामे पुल जीर्ण भइसक्दा पनि पुलमाथि गाडी गुडाउनुपरेको चालक राजबहादुर रावलले बताउनुभयो

सडक डिभिजन कार्यालयका प्रमुख माधव अधिकारीका अनुसार यहाँका केही पुल निर्माण भइसकेका छन् भने केही पुल निर्माणाधीन अवस्थामा छन् । उहाँले भन्नुभयो, “फलामे पुल त जीर्ण अवस्थामा छन नै्, यस्ता पुलको आयु पाँचदेखि आठ वर्षसम्म मात्र हुन्छ तर पनि १४ वर्षसम्म त्यही जीर्ण पुलमाथि गाडी गुडेका छन् । पक्की पुल निर्माणका लागि जिम्मेवारी दिएका ठेकेदारलाई ताकेता गरिरहेका छौँ कतिपय ठेकेदारलाई कालोसूचीमा पनि राखियो तै पनि काम छिटो छरितो हुन सकेको छैन । ”