२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइ.एम.ई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंक बिच इस्योरेन्स सम्झौता



अ+ अ-

काठमाण्डौं । आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगर बिच बैंक इस्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमामा आइ.एम.ई इन्स्योरेन्सबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरेका हुन् ।


इस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनुका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।

आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको कम्पनीले बताएको छ ।