२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीलाई सरकारले जनही ५ लाख दिने निर्णय



अ+ अ-

काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही ५ लाख दिने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए। मन्त्री विश्र्वकर्माले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले सरकारलाई सिफारिस गरेकै रकम बंमोजिम पुरस्कार राशि घोषण गरेको बताए ।

उनले खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा क्रिकेट खेलाडीलाई पुर्‍याउने प्रतिवद्धतासमेत व्यक्त गरे।

सोमबार फर्किएको टोलीको स्वागतमा राष्ट्रिय खेलकूद परिषद् (राखेपा) ले रातो कार्पेट बिछ्याएको थियो । स्वागतका लागि सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, उपाध्यक्ष तिम्सिनालगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले क्रिकेट टोलीका खेलाडिहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्रति खेलाडि जनहि १०/१० हजार रकम समेत प्रदान गरेका थिए ।