२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दू राष्ट्रबारे बोले अध्यक्ष थापा, आन्दोलन गर्ने चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२र६३ को जनआन्दोलनको माग धर्म निरपेक्षता नभएको बताएका छन् । राजधानी दैनिकमा खबर छ ।

हिन्दुत्व जनजागरण अभियानअन्तर्गत काठमाडौंको बूढानीलकण्ठ नगर समितिद्वारा शनिबार आयोजित सभामा अध्यक्ष थापाले भने, ‘२०६२/६३ मा भएको जनआन्दोलनको माग धर्म निरपेक्षता थिएन, यो विषय कहीं उठेको पनि थिएन, विदेशी प्रभाव, दबाब र पैसाको प्रलोभनमा धर्म निरपेक्षता जबर्जस्ती लादिएर आयो ।’

उनले हिन्दू राष्ट्र आफ्नो पार्टीको बटम लाइन भएकाले सो अभियानमा सघाउन अन्य पार्टीसँग आस्था राख्नेहरूलाई समेत आग्रह गरेका छन् । अध्यक्ष थापाले सनातन धर्म कमजोर हुँदा मुलुकको एकता र पहिचान कमजोर हुने भन्दै हिन्दू धर्ममा आस्था राख्ने कोही पनि अरू धर्मको विरोधी हुन नसक्ने दाबी गरे ।

राप्रपाले उठाएको हिन्दू राष्ट्रको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै उनले मागलाई सरकारले बेवास्ता गरे । सडक आन्दोलन गर्ने चेतावनी समेत दिए ।