२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माडीको पानी दाङ पुर्याउने सभामुख महराको सपना, मेलम्ची जस्तै नहोस



अ+ अ-

काठमाडौं । संघीय संसदमा सभामुख कृष्णबहादुर महराले दाङको सिचाईंका लागि माडीको पानी ल्याउने बताएका छन्। रोल्पाको माडी नदीको पानी डाइभर्सन गरेर दाङ ल्याउनका लागि यही वर्षदेखि नै काम सुरु गर्न लागेको महराको भनाइ छ।

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारणसभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै सभामुख महराले त्यस्तो बताएका हुन। उनले माडीको पानी दाङमा ल्याउने तयारी भएकाले त्यो अनुसार सरोकार समिति गठन गरेर अघि बढन समेत जिल्लाबासीलाई आग्रह गरे।

दाङमा पानीको श्रोत सुक्दै गएको अवस्थामा सभामुख महराले चर्चामा रहेको माडी डाइभर्सनको काम यही वर्षदेखि गर्ने गरी तयारीको काम अघि बढेको जानकारी दिएका हुन्।

सभामुख महराले प्राकृतिक श्रोतको सही सदुपयोग गर्न नसक्दा दाङबासीले दुःख भोगिरहेको बताए।

दक्षिणतिरको श्रोत उत्तरतिर ल्याउन निकै खर्चिलो रहेको बताउँदै सभामुख महराले उत्तरतिरको श्रोतको संरक्षणमा चनाखो हुन सबैलाई आग्रह गरे।

सस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले पानीका मुहान संरक्षणका लागि मानवीय क्रियाकलापमा विषेश ध्यान दिन आवश्यक रहेको बताए। समाचार अन्नपूर्ण पोष्टमा छ ।