२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघिय निजामती विधेकमा हेरफेर, नायब सुब्बाको परीक्षा नहुने



अ+ अ-

काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकमा व्यापक थपघट गरेको छ। अब सरकारी सेवाको नायब सुब्बामा कुनै किसिमको परीक्षा हुनेछैन। सचिव बन्नका लागि पनि नेतृत्व परीक्षण गरिने भएको छ। राजधानी दैनिकमा खबर छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा रहेका प्रावधानमा व्यापक थपघट गर्दै यस्तो व्यवस्था गरेको हो। लोकसेवा आयोगले केही विषयमा असहमति जनाउँदै डेढ दर्जन सुझाव दिएपछि सरकारले सोहीअनुसार विधेयकमा प्रताव गरिएको प्रावधान हेरफेर गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरफेर गरेको सो विधेयकमा अब सहसचिवबाट सचिव बन्नका लागि पनि निश्चित योग्यता तथा नेतृत्व परीक्षण गरिने प्रावधान समेटिएको छ। लोकसेवा आयोगद्वारा नेतृत्व परीक्षणका क्रममा उत्तीर्ण हुने सहसचिवहरू मात्रै सचिवका लागि योग्य हुनेछन्। हाल कार्यसम्पादन र ज्येष्ठताका आधारमा सहसचिवहरू सचिवमा बढुवा हुने प्रावधान छ।