२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसी र नेपाल मेडिकल एशोसिएशनले जनतालाई दुःख दिने काम गर्याे : डा. दिक्षित



अ+ अ-

काठमाडौँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डा. गोविन्द केसी र नेपाल मेडिकल एशोसिएशनले जनतालाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन् ।

उनले भने,‘एशोसियएनले वार्ताको लागि पहल गर्नुपर्छ । तपाईहरुको कुरा सरकारले सुन्छ। अस्पताल बन्द गरेर जनतालाई सास्ती दिने काम गर्नुहुँदैन् ।’

उनले डा. केसीले संसदीय सर्वोच्चतालाई बुझ्नुपर्ने धारणा राखे । उनले भने,‘ओलीलाई कमजोर गर्ने कुरा गर्नुहोस, यसमा कुनै आपत्ति छैन । तर, संसदलाई कमजोर पार्ने कुरा नगर्नुहोस् ।’

उनले संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयकमा केसीले उठाएका प्रायः सबै माग समावेश भएको पनि दाबी गरे । तर, केसीले राजनीतिक मुद्दा उठाएकोमा उनले दुःख पोखे ।

उनले अस्पताल बन्द गरेर के गर्न खोजेको हो ? भन्दै नेपाल चिकित्सक संघलाई प्रश्न पनि तेर्साए ।