२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कांग्रेसले ‘नन–ईस्यु’ मा संसद अवरोध गरेर रडाको मच्चायो’ : पाण्डे



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री सोम प्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीले तत्काल अनशन तोड्नुपर्ने बताएका छन् । उनले भने,‘सरकार केसीसँग वार्ता गर्न तयार छ । तर, उहाँले अनशन तोड्नुपर्छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले डाक्टर केसीको स्वास्थ्यप्रति वर्तमान सरकार संवेदनशील रहेको पनि स्पष्ट पारे । उनले भने,‘सरकारले गोविन्द केसीलाई मार्न चाहेको छ भनेर कसैलेपनि दुष्प्रचार नगरौं । यस्तो किसिमको भ्रम र अफवाह नफैलाउँ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाण्डेले सरकार केसीसँग सम्वाद गर्न तयार रहेको सुनाए । उनले भने,‘सरकारले वार्ता टोली बनाउने वा नबनाउने वा एक्लै गर्ने भन्ने कुरा सरकारको हो ।’ पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘नन–ईस्यु’ मा संसद अवरोध गरेर रडाको मच्चाएको पनि आरोप लगाए । उनले भने,‘एक जना डाक्टर गोविन्द केसीको पक्षमा लागेर व्यवस्था नै खराब हो जस्तो गरिरहेको छ ।’
कांग्रेससँग डाक्टर केसीबाहेक अरु कुनै एजेण्डा नभएको पनि आरोप लगाए । पाण्डेले भने,‘चिकित्सा शिक्षा विद्येयक केसीले उठाएको मागभन्दा माथि उठेर आएको छ । गोविन्द केसीको दिमागमा नभएको कुरा पनि विद्येयकमा आएका छन् ।’

उनले ऐनमै मेडिकल कलेज खोल्न नपाउने भनेर लेखिएको दुनियाँमै पहिलोपटक नेपालमात्रै होला भन्दै प्रश्न गरे । उनले भने,‘दुनियाँमै यस्तो बाध्यकारी प्रावधान कुनैपनि ऐनमा लेखिएको छैन होला । तर, नेपालमा लेखियो ।’

पाण्डेले कुनैपनि हालतमा विद्येयकको प्रस्तावनामा माथेमा आयोगको नाम नलेखिने जिकिर गरे । उनले भने,‘हिजो राजा, महाराजाको नाम लेखिन्थ्यो । तर, अब त्यस्तो हुँदैन् ।’ कांग्रेसले पनि अहिले आएर ठूलो र चर्को कुरा गर्न नहुने उनको भनाई छ । उनले भने,‘कांग्रेसले ठूलो कुरा गर्न पाउँदैन् । हिजो कांग्रेस सरकारमा हुँदा गोविन्द केसी ७ पटकसम्म अनशन बसे । तर, खोई त कांग्रेसले विद्येयक ल्याउन सकेको ?’