२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोरा बने टी ट्वान्टीमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी सन्दीप जोरा टी ट्वान्टी प्रतियोगितामा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।


यू–१९ क्रिकेट टिमका खेलाडी समेत रहेका जोराले युएईविरुद्धको पहिलो टी ट्वान्टी सिरिजको पहिलो खेलमा डेब्यु गर्ने क्रममा जोराको उमेर १७ वर्ष १०३ दिन रहेको थियो। पहिलो खेलमै जोराले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।

टि–२० अन्तर्राष्ट्रियमा यस अघि क्यानडाका खेलाडी हिराल पटेलको नाममा टि-२० अन्तर्राष्ट्रियमा कान्छो उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो। पटेलले १८ वर्ष १७७ दिनको उमेरमा आयरल्याण्डसंग सन् २०१० मा अविजित ८८ रनको इनिंग खेल्दै उक्त विश्व रेकर्ड कायम गरेका थिए।

अफगानिस्थानका ब्याट्सम्यान उस्मान घानीले १८ वर्ष ३४२ दिनमा अर्धशतक बनाएका थिए जो सुचीमा तेश्रो स्थानमा छन्। सुचीमा घानीनै चौथो र पाकिस्तानका एहमद शहजाद पाँचौ स्थानमा छन् भने पाकिस्तानकै उमेर अकमल छैठौं स्थानमा छन्।