२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, खतरामुक्त छन् – नर्भिक



अ+ अ-

काठमाडौँ : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ । 

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो । 

शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए ।