२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आइसिसीको एकदिवसीय बरियतामा समावेश, कति अंक पायो ?



अ+ अ-

काठमाडौँ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ ।

दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएर्इ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो ।

सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । युएइविरुद्धको सिरिज जितेपछि नेपालले बरियताको १५औँ स्थान हासिल गरेको छ । आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अङ्क पाएको आइसिसीले जनाएको छ । युएई भने २६३ अङ्कका साथ १४औँ स्थानमा छ ।

बरियताको शीर्ष स्थानमा इङ्ग्ल्याण्ड, दोस्रोमा भारत र तेस्रोमा स्थानमा न्यूजील्याण्ड छन् । त्यस्तै दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अष्ट्रेलिया छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्क आठौँ, वेष्टइन्डिज नवौँ, अफगानिस्तान १०औँ, जिम्बावे ११औँ, आयरल्याण्ड १२औँ र स्कटल्याण्ड १३औँ स्थानमा छन् । नेपालले डेब्यू एकदिवसीय सिरिज भने नेदरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो । नेपालले गत मार्चबाट चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।




भर्खरै