२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैँकबाट कर्जा लिई दुई करोड ७१ लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्लु बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठजनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले देव विकास बैँकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मुल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका ऋणी ३६ वर्षीय नारायण श्रेष्ठ, ३० वर्षीय बालकृष्ण श्रेष्ठ, ३४ वर्षीय चेतबहादुर श्रेष्ठ, २६ वर्षीय विकास श्रेष्ठ, ३२ वर्षीय नविन श्रेष्ठ, ४२ वर्षीय कृष्णबहादुर खत्री, मूल्याङ्कनकर्ता पर्साका नरेशमान सिंह अमात्य र बैँकका शाखा प्रबन्धक काठमाडौँका सरिन शंकर श्रेष्ठ रहेका छन् ।

ब्यूरोका प्रवक्ता उमाप्रसाद चर्तुवेदीले यातायात कार्यालयबाट प्राप्त प्रतिलिपी ब्लु बुकमा गलत विवरण सहित सहि छाप गरी सुरक्षण स्वरुप बैँकमा धितो राखी विभिन्न ११ वटा ऋणीको नाममा नक्कली कागजात बनाएर ठगी गरेको बताए ।

पक्राउ परेकालाई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐन सरकारी छाप दस्तखत किर्ते कागजको महल बमोजिम अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।




भर्खरै