२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु



अ+ अ-

बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्यु भएको हो ।

सोही अवधिमा सात लाख १२ हजार ५८१ जना विभिन्न किसिमका सरुवा रोगका कारण प्रभावित भएको पनि आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले उच्च खतरनाक ‘क’ वर्गका सरुवा रोगबाट भने कोही पनि प्रभावित नभएको बताएका छन् । चीनमा क वर्गका सरुवा रोगमा हैजा, प्लेगलगायतलाई बुझिन्छ ।

विरामी भएका मध्ये दुई लाख ८९ हजार ६१३ जना ‘ख’ वर्गका रोगबाट प्रभावित भएकाहरु थिए । ‘ख’ वर्गका रोगमध्ये झण्डै ९३ प्रतिशतलाई भाइरल हेपाटाइटीस, क्षयरोग, सिफलिस, गोनोरियालगायतका रोगले सताएको थियो ।

डिसेम्बर महिनामा ‘ग’ वर्गका रोग लागेर १६ जनाको मृत्यु भएको छ । खाना वा मुख सम्बन्धी रोग, इन्फ्लुएन्जालाई यस वर्गमा राखिएको छ । झाडापखाला यस वर्गको मुख्य रोग हो ।