२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटेरी आईएनजीओ, विवरण नै लुकाउँछन्



अ+ अ-

काठमाडौं । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को पारदर्शिताबारे बारम्बार प्रश्न उठिरहन्छ। तिनले परियोजना र खर्चको सबै विवरण सरकालाई बुझाउनुपर्छ।

तर, अधिकांशलेसरकारलाई विवरण नै दिँदैनन्। थुप्रैले अपारदर्शी तरिकाबाट परियोजना परिमार्जन गराएर खर्चको विवरण लुकाउँछन् भन्ने खबर अन्नपूर्ण पोस्टमा छ।

समाजकल्याण परिषदका अनुसार नेपालका २४७ आईएनजीओले काम गर्न स्वीकृति लिएका छन्। तर ६२ वटाले मात्र सरकालाई खर्चको जानकारी दिएका छन्। आर्थिक वर्ष २०४७र७५ मा ६२ आइएनजीओले ११ करोड अमेरिकी डलर खर्च गरेको रिपोर्ट दिएका छन्।

अघिल्ला वर्ष भन्दा विवरण बुझाउनेको संख्या र खर्चको आकारसमेछ घटेको छ। अर्थ मन्त्रलाले २०६९/७० देखि वैदेशिक सहायता व्यवस्थापन प्लेटफर्म तयार गरी आईएनजीओमार्फत सञ्चालन हुने परियोजना र खर्चका सम्बन्धमा जानकारी गराउनुपर्ने व्यावस्था गरेको थियो। त्यसपछि जानकारी दिएर खर्च गर्नेहरुको संख्या र खर्चको आकार बढ्दै गएको अर्थ मन्त्रालयको विकास सहायता प्रतिवेदनमा उल्लेख छ।