२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीको इशारामा नाच्योे भन्ने आरोप खारेज नगरे पुनः युद्धमा जान्छु : महासचिव थापा



अ+ अ-

काठमाडौं । जनमुक्ति सेनाबाटबहिर्गमनमा परेका माओवादी नेताहरुले पुनः युद्धमा जान सकिने संकेत गरेका छन् ।

आज काठमाडौँको माईतिघरमा आयोजित बिरोध प्रदर्शनमा जनमुक्ति सेना नेपालका महासचिव राजन थापा (सुवास) ले आफुहरुलाई विदेशीको इराशारामा अयोग्यको विल्ला भिराइएको भन्दै आफुहरुका माग सम्बोधन नभए पुनः युद्धमा जाने चेतावनी दिएका हुन् ।

थापाले आफुहरुलाई सरकारी पक्षबाट नै अपमान गरेका कारण जुनसुकै बेला पनि आफुहरु हतियार उठाउन सक्ने चेतावनी दिएका हुन् । उनले पटकपटक प्रचण्ड सरकारमा जादाँपनि आफुहरुको मागप्रति चासो नदिएको भन्दै आक्रोश पोखेका हुन् । उनले यसरी नै सरकारी पक्षबाट आफुहरु अपहेलित भए चुप बस्न नसक्ने बताएका हुन् ।

१० वर्षे सशस्त्र जनयुद्ध लडेका जनमुक्ति सेनालाई आजकै दिन (माघ १० गते) अयोग्य घोषित गरी अपमानजनक रुपमा निष्कासित गरेको भन्दै कालोपट्टी र व्यानरसहित प्रदर्शन उत्रेका कार्यकर्ता र नेताहरुले पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल खारेज गर्नुपर्ने, स्वेच्छिक अवकास लिएका जनमुक्ति सेना सरह राहात प्याकेज उपलब्ध गराउनु पर्ने, जन–आन्दोलनको क्रममा घाइते भएका, अपाङ्ग भएकाहरुलाई दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने लगायत उनीहरुले १८ बुँदे माग राखेका छन् ।