२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्धारा न्युजिल्यान्ड आठ विकेटले पराजित



अ+ अ-

काठमाडौं । पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतद्धारा न्युजिल्यान्ड पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराव खेल प्रर्दशन गर्दा भारतद्धारा आठ विकेटले पराजित भएको हो । न्युजिल्यान्डले दिएको १५६ रनको समान्य लक्ष्य भारतले ३४.५ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो ।

५० ओभरमा १५८ रन बनाएपनि भारतले जवाफी ब्याटिङ गर्दै गर्दा खराब मौसमका कारण खेल रोकिएको थियो । पछि एक ओभर घटाएपछि भारतले १५६ रनको लक्ष्य पाएका थियो ।

भारतको जितमा ओपनर शिखर धनवले अविजित ७५ रन बनाए । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४५ रन बनाए ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६४ रन बनाएपनि अन्य भने खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् ।

बलिङतर्फ भारतका कुलदीप यादवले ४ विकेट लिदा मोहम्मद सामीले तीन विकेट लिन सफल भए ।

जितसँगै भारतले पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा १-० को अग्रता बनाएको छ ।