२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीले सुन बुझायो, बुझाउँदाखेरि सुन नै थियो, परीक्षण गर्दा तामा निस्कियो !



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले धादिङबाट हिजो सुन भनेर बरामद भएको ४ केजी पित्तल रहेकोमा आश्र्चय प्रकट गरेका छन् ।

उनले सुचनाकै आधारमा सुन भनेर समात्दा सुन नभई अरु केहि निस्निुले प्रहरी प्रशासन माथि नै अविश्वास देखिएको बताएका छन् । उनले सुचना दिने र लिनेमा बेमेल देखाद फरक नतिजा निस्केको बताए ।

उनले भने, भने,‘चार केजी सुन प्रहरीले बुझायो, बुझाउँदाखेरि सुन बुझाएको, उता परीक्षण गर्दा तामा निस्कियो भन्ने कुरा आएको छ । यो भनेको कुरा, सुन बरामद भयो । तर, हेर्दैमा सुन होईन भन्न सकिँदैन । त्यसैले प्रहरीले मुचुल्का गराउँदा पहेंलो सुनजस्तो देखिने, यति तौलको भनेर नै बरामद गर्छ । यसमा थप अनुशन्धान गर्दा फलाम देखियो । यसमा ठगी मुद्दाअन्र्तगर्त कारबाही भैरेहेको छ।’

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरु देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए । उनले भने,‘नेपाल अझैपनि धेरै किसिमका संगठित अपराधहरुलाई ब्रेक गर्न सफल भएपनि तीन वटा कुराको संगठित अपराधको अझै ब्रेक गर्न जरुरी गर्न देखिन्छ । पहिलो, मानव तस्करी, दोस्रो ड्रग्स, तेस्रो स्मग्लिङ । प्रहरीले अहिले स्मग्लिङलाई साईजमा ल्याएको छ ।’

प्रहरीको यहि रफतार हुने हो भने अबको केहि बर्षमै अपराधिक क्रियाकलाप जोरो प्रतिशतमा आउने सुवेदीको दाबि थियो ।