२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाद्धारा पाकिस्तान पराजित, डुसेनले बनाए अविजित ८० रन



अ+ अ-

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सहज जित निकालेको छ ।

दक्षिण अफ्रिकाले आफ्नो जित निकाल्ने क्रममा पाकिस्तानलाई पाँच विकेटको पराजित गरेको हो । पाकिस्तानले दिएको २०४ रनको सामान्य लक्ष पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि डुसेनले अविजित ८० रन बनाए । त्यस्तै, फेहलुकवायाले पनि अविजित ६९ रन बनाए । बलिङतर्फ शाहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

यसअघि दुर्बानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका लागि हसन अलिले ५९ रन बनाएका थिए । त्यस्तै कप्तान सफ्रराज अहमेदले ४१ रन बनाएका थिए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका एन्डिल फेहलुकवायोले चार विकेट लिए ।

जितसँगै पाँच खेलको एक दिवसीय सिरिजमा दक्षिण अफ्रिकाले १–१ को बराबरी बनाएको छ ।