२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के बेच्नुहोला त प्रम ओलीले डाभोसमा ?



अ+ अ-

हरि रोक्का

प्रधानम न्त्री खड्गप्रसाद ओली एक सातापछि ‘वल्र्ड इकोनोमिक फोरम’को वार्षिक बैठकमा भाग लिन स्विट्जरल्यान्डको डाभोसमा दलबलसहित जाँदै हुनुहुन्छ भन्ने एक साप्ताहिक खबर पत्रिकाले २९ पुसमा समाचार छाप्यो । त्यसपछि विद्वान् अर्थशास्त्री तथा कूटनीतिक व्यक्तित्वहरूले भ्रमणको महत्वबारे प्रकाश पार्न थाले । एकथरीले ‘अन्तर्य’ छाम्ने कोसिस गरे । कसैकसैले गुनासो गरे, ‘सरकार मात्रले प्रतिनिधित्व गर्ने त्यो मिटिङ हुँदै होइन । खै निजी क्षेत्रका मानिस ?’

अर्काथरीले भने– नीतिगत कुरा र एजेन्डाकेन्द्रित बहसलाई प्रमले अगाडि बढाउनुपर्छ । अर्का एकथरीले भने– संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न मात्रै सरकारले वार्षिक १८ खर्बभन्दा बढी खर्चनुपर्छ । पछिल्ला ३ वर्षमा ३७ अर्ब मात्र भित्रियो । यो रकम औसत जिडिपीको १ प्रतिशत मात्र हो । गएको वर्ष त ०.५ प्रतिशत पनि लगानी आएन ।

वैदेशिक लगानी नभित्रिई मुलुक अगाडि बढ्न सक्दैन । अतएव अकस्मात् हात लागेको (डाभोस–निमन्त्रणा) उपयुक्त अवसरलाई छाड्न हुन्न । राज्यको स्थिरता र लगानी लगाउने पर्याप्त अवसर भएकोबारे राज्यले वैदेशिक लगानीकर्तालाई विश्वास दिलाउन आवश्यक छ । एकथरी विद्वान्को यस्तो दलिल देखियो । त्यसलगत्तै वैदेशिक लगानीकर्ताहरूको खानी खोतल्न जान लागेझैँ गरी सरकारका अर्थमन्त्रीले ढाडस प्रदान गर्दै भन्नुभो– डाभोस बैठकमा लगानीको अनुकूल वातावरण छ भनेर विश्वास दिलाउनेमा हाम्रो जोड हुनेछ ।

विद्वान् अर्थशास्त्री तथा कुशल कूटनीतिज्ञको अपेक्षाअनुरूप वैदेशिक लगानीमार्फत नेपालमा विकासको मूल फुटाउने लक्ष्य हासिल गर्न राज्यप्रमुख रहेका महामहिम खड्गप्रसाद ओलीको टोली डाभोसको सभाहलमा सामेल हुन पुगेको छ । तर, डाभोसको माहोल अलि भिन्न देखिँदै छ ।
 के हो यो ‘वल्र्ड इकोनोमिक फोरम ?’ 
जर्मन अर्थशास्त्री प्रोफेसर क्लस स्वावले सन् १९७१ मा अमेरिकन व्यवस्थापन प्रक्रियाबारे युरोपेली व्यापारिक वर्गलाई जानकारी गराउने हेतुले बहस गर्न युरोपियन इकोनोमिक फोरम स्थापित गरेका थिए । त्यसको दुई वर्षपछि आर्थिक र सामाजिक मुद्दामा छलफल गराउन राजनीतिक नेताहरूलाई पनि बोलाउन थालियो । सन् १९८७ मा यो संगठनको नाम फेरेर ‘वल्र्ड इकोनोमिक फोरम’ राखियो । हिजोआज डाभोस भन्नासाथ वल्र्ड इकोनोमिक फोरम भनेर बुझिन्छ ।

पछिल्लो दशकमा सरदर सय देशका झन्डै २५ सयभन्दा अलि बढी व्यक्तिले भाग लिने गर्छन् । यसपटक ३ हजार प्रतिनिधिले भाग लिने जनाइएको छ । ११ हजार मात्र जनसंख्या रहेको डाभोसमा फोरमको बैठक भइरहँदा तिनका खातिरदारीका लागि अरू १९ हजार कामदार थपिन्छन् । विगतमा प्रायः बर्सेनिजसो अमेरिकी राष्ट्रपतिहरूको उपस्थिति हुने गरेको डाभोसमा डोनाल्ड ट्रम्पपछि भने निरन्तरता हुन सकेको छैन । (नयाँपत्रिकामा खबर छ)