२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवि संघको जुलुशमा प्रहरी धरपकड, कुन्दन काफ्लेसहित केही नेता घाइते



अ+ अ-

काठमाडौं । आमरण अनशनमा बसिरहेका डा गोविन्द केसीको मागलाई सम्बोधन गर्नुको सट्टा संसदले दुई तिहाई बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको विरोधमा नेपाल विद्यार्थी संघले आज साँझ बानेश्वरमा प्रदर्शन गरेको छ ।

संसद भित्र उता नेपाली काँग्रेसले विरोध गरिरहेका बेला बाहिर नेविसंघले पनि विरोधमा जुलुस निकालेको छ । कांग्रेस संसदहरुको प्रतिरोधपछि ११ गते सम्मको लागि संसद बैठक स्थगित हुदा संसद भवन बाहिरको निषेधित क्षैत्रमा नेविसंघले सडक प्रदर्शन गरेको छ ।

त्यस क्रममा प्रहरीले व्यापक मात्रामा धरपकड गरेको छ । जसका कारण केही विद्यार्थी नराम्ररी घाइते पनि भएका छन् । घाइते हुनेमा नेविसंघका महामन्त्री कुन्दन काफ्ले, नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारी लगायतका विद्यार्थीहरु छन् ।

सो जुलुशको नेतृत्व उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी लगायतले गरेका थिए । नेविसंघका नेता तथा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।




भर्खरै