२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीता दाहाल बिरामी, अवस्था सामान्य रहेकाे अस्पतालकाे भनाइ



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ ।

अाइतबार बिहान अस्पताल भर्ना हुनुभएकी उहाँको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ ।

उहाँलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।”

छाेरा र छाेरी वियाेगमा पर्नुभएकी सीता केही समयदेखि निक्कै अश्वस्थ हुनुहुन्छ । उहाँलाइ यसअघि सिंगापुरमा लगेर उपचार गरिएकाे थियाे, तर पूरै ठीक भएकाे छैन ।




भर्खरै