२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनः चार महिनापछि ओली र देउवा एउटै मञ्चमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनले धेरै लामो समयपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई  एउटै मञ्चमा उभ्याएको छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली झन्डै पाँच महिनापछि पहिलो पटक एकै मञ्चमा सँगै देखिएका हुन्। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री देउवा एउटै समयामा मञ्चमा गएका थिए । मञ्चमा जाँदा आयोजकले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीलाई  माला लगाइदिएका थिए।

यसअघि गत असार २९ गते देउवा संसदबाट प्रधानमन्त्री निर्वाचित भएपछि देउवालाई ओलीले बधाई दिएका थिए। त्यसपछि यी दुई नेताहरूको भेट भएको थिएन।

महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ , जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर ,राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कमल थापा सहित विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरी महाधिवेशनलाई शुभकामना दिन  भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनैतिक दलका प्रतिनिधि आइपुगेका छन् ।