२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर कांग्रेस सभापतिमा बोगटी र थापा चुनावी मैदानमा



अ+ अ-

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापति पदका लागि पदम बोगटी र बहादुरसिंह थापा प्यानलसहित चुनावी मैदानमा छन् । निर्वाचनका लागि बुधबार साँझ पत्रकार सम्मेलन गरी प्यानलसहित घोषणा गरेका उम्मेदवार बोगटी मतमाग्न जिल्ला दौडाहामा छन् । त्यसैगरी बिहीबार साँझ आफ्नो टिम घोषणा गरेका थापा पनि चुनावी प्रचारमा छन् । बोगटीलाई कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको साथ रहेको छ भने थापालाई अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँदको समर्थन छ ।

बोगटी यसअघिको निर्वाचनमा सभापति पदमा पराजित भएका थिए । भने थापा तीन पटक जिल्ला पार्टीको सभापति हुँदै सांसदसम्म भइसकेका नेता हुन् । बोगटीको टिम दिवाकर पाण्डेय र शङ्करबहादुर चन्द उपसभापति पदका उम्मेदवार छन् । त्यसैगरी सो समुहको सचिवमा सिद्धराज भट्ट र जनकसिंह धामी र सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार रहेका छन् ।

त्यसैगरी थापा समूहमा हरिशचन्द्र राना र मीनबहादुर सिंह उपसभापति पदका प्रत्यासी छन् भने सचिवमा भीमराज भट्ट र हेमराज ओझा रहेका छन् । त्यस्तै सो समूहबाट नाफुसिंह साउँद र हरिप्रसाद अधिकारी सहसचिव पदका उम्मेदवार रहेका छन् ।

त्यसैगरी कांग्रेसका अन्य नेताले पनि प्यानलरहित पदाधिकारीमा उम्मेदवार दिने तयारी गरिरहेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसको १४ औँ महाधिवेशनका लागि भएको वडास्तरको निर्वाचनबाट एक हजार ६०८ जना मतदाता छानिएका छन् । सोही छनोट भएका मतदाताले जिल्ला नेतृत्वका लागि मतदान गर्ने कांग्रेस जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारीदिनुभयो । “आज मनोनयन दर्ता र शनिबार बिहानबाट मतदान गर्ने र्कातालिम तय भएको छ । उहाँले भन्नुभयो, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । रासस