२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको शैक्षिक अभिवृद्धिमा सहयोग गर्न युनेस्कोलाई आग्रह



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ ।

फ्रान्सको पेरिसमा आयोजित युनेस्कोको ४१ औँ महासभामा भाग लिएर स्वदेश फर्कनुभएका उहाँले आफूले ती संस्थाका प्रतिनिधिलाई सो आग्रह गरेको जनाउनुभयो । उहाँले स्वदेशमै रोजगारीका अवसर सिर्जनाका लागि सीपमूलक शिक्षा र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भएकाले त्यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले त्यहाँ रहँदा नेपाली जनप्रगतिशील मञ्च, फ्रान्सले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको थियो । मन्त्री पौडलका साथ शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी प्रतिनिधिमण्डलमा हुनुहुन्थ्यो । रासस