२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्छ- मन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले प्रशासकहरु व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ । सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्वविकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरु व्यवहारिक बन्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले समाज परिवर्तनशील रहेको उल्लेख गर्दै अघिल्लो पुस्ताले गरेका कुराहरु ठिक भए त्यसलाई कार्यान्वयन गर्ने र समय अनुसार परिवर्तन भएका कुराहरुमा सोही अनुरुप काम गर्न सहसचिवहरुलाई आग्रह गर्नुभयो । सैद्धान्तिक मात्रै नभई व्यवहारिक बन्ने प्रशासक नै असल प्रशासक हुने भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीहरु व्यवहारिक, धैर्यवान र लगनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘तपाईहरुले पनि प्रशासनिक क्षेत्रमा आजसम्म सिद्ध भएका भनेर मुख्यसचिवज्यूहरु, सचिवज्यूहरु वा तपाईहरुभन्दा अघिल्लो पुस्ताले जे–जे कुराहरु भन्नुभएको छ, ति कुराहरु ठिक छन् भने कार्यान्वयन गर्ने । कतिपय कुराहरु सामाजिक विज्ञानमा परिवर्तन भएरै रहन्छन् । परिवर्तित स्थितिमा यो कुरा यसरी गर्नुपर्छ भन्ने भयो भने त्यसलाई नयाँ ढंगले नवप्रवद्र्धन गरेर जानुपर्ने हुन्छ । सिद्धान्तलाई व्यवहारसँग तादात्म्यता मिलाएर मात्रै असल प्रशासक बन्न सक्दछ । असल प्रशासकले सिद्धान्त मात्रै होइन व्यवहारिक बन्ने, धैर्यवान बन्ने, आफ्नो काममा दत्तचित्त, लगनशील बन्ने र उदाहरणीय काम पनि गर्ने । यो कुराहरु हुनुपर्छ जस्तो मलाई लाग्छ ।’

उहाँले नवनियुक्त सहसचिवहरुलाई आफु मातहतका कर्मचारीहरुलाई पक्षपातपूर्ण व्यवहार नगरीकन काम लगाउन पनि आग्रह गर्नुभयो । कतिपय कर्मचारीहरुमा आफुलाई प्रशासक ठानि सबै काम अरुलाई लगाउने प्रवृति रहेकोले त्यस्तो प्रवृत्तिको अन्य गर्नुपर्ने उहाँले बतानुभयो । उहाँले भन्नुभयो – ‘जिम्मेवारीमा कुशल प्रशासकले सधैँभरी सबैलाई समन्यायिक, सबैलाई न्याय हुने, लाइक, डिसलाइक नगरीकन सबैलाई काम गर्ने अवसर दिनैपर्छ । कुशल प्रशासक बन्नका लागि अभ्यासको थालनी हुनुपर्छ । र कुशल प्रशासकले आफु मात्रै काम गर्ने होइन अरुबाट पनि काम लिन सक्नुपर्छ । सबै आफैले गरेर त्यो कुशल प्रशासक हुँदै हुँदैन । अरुलाई मात्रै काममा जोत्ने कुरा पनि होइन । कुशल प्रशासकले उदाहरणिय काम पनि गर्नुपर्छ । अरुबाट काम पनि लिनुपर्छ, टिम स्प्रिटमा ।’

मन्त्री श्रेष्ठले प्रविधिमैत्री भएर काम गर्न निर्देशन पनि दिनुभयो । प्रशासनभित्र संघीयता कार्यान्वनयमा ध्यान दिदैँ कार्य सम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो ।




भर्खरै