२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँडरक्सी नखाने नेता राईको पारिवारिक जमघटलाई सामाजिक सञ्जालमा गलत प्रचार



अ+ अ-

काठमाडौं । प्रदेश १ को प्रस्तावित मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई विवादमा तान्ने प्रयास भएको छ । लामो समयपछि पारिवारिक भेटघाटमा रहेका राईको पारिवारिक मामिलालाई सामाजिक सञ्जालमा छताछुल्ल पारेर बदनाम गर्ने दुसप्रयास गरिएको नेकपा समाजवादीका ओखलढुङ्गा अध्यक्ष हंशराज वाग्लेले बताए ।

भोजपुर स्याथी घर भएका राई प्रदेश सभा सदस्य भएपछि इटहरीमा डेरा गरि बस्दै आएका थिए । नेकपा समाजवादीको संंसदिय दलको नेता भएपछि उनी केहि समयदेखी कार्यकर्ता छलफल मिटिङ, भेटघाटको लागि होटेल इन्टुरिस्टमा इहहरीमा बस्दै आएका थिए । उनको खानपिनको मेनेजमेन्ट होटेलले नै गर्दै आएको थियो।
सो होटेलबाट कार्यकर्ता लेबलका हामीे छलफल,सकेर भोलि सपथ ग्रहणको लागि पार्टीको तर्फबाट पूर्व तयारीको लागि आवश्यक व्यवस्थापन गर्ने भनेर निस्किएका थियौं, उक्त माहोलमा पार्टीका मान्छे कोहि थिएनौ नेता हंशराज वाग्लेले भने, नितान्त पारिवारिक मामिलालाई कसैले लिक गरेर गलत प्रचार गरिएको रहेछ।

वाग्लेले भने, पारिवारिक खुशीयालीलाई गलत प्रचार गर्नु र सार्वजनिक गर्नु गलत हो । यसमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

नेता राईको परिवारले पारिवारिक खुशीमा केक काटेर खुशी साटेका थिए। जातिय संस्कार अनुसार बियर स्याम्पियन फोडेर सेलिब्रेसन गरिएको रहेछ। तर पारिवारिक खुशीयालीलाई कसैले लिक गरेपछि जाँडपार्टी भन्दै सामाजिक सञ्जालमा गलत प्रचार गर्नु दुश्सप्रयास हो ।

नेता राई जाँडरक्सी सेवन नगर्ने तथा कर्तब्यनिष्ठ एवम इमान्दार नेतामा पर्छन्। तर कुत्सित मनसाय बोकेका कसैले बदनाम गर्न खोज्दै केहि लछारपटार नलाग्ने वाग्लेले बताए । यो सरकारले एक नम्बर प्रदेश जनताको काम गरेर कसरी मन जित्नुपर्छ भन्ने कुरा राम्रोसँग थाहा भएको नेता वाग्लेले बताए।




भर्खरै