२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयनगरमा पुनः एमालेकै नेतृत्व



अ+ अ-

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित भएका हुन् ।

थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गरिन्।

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित भएका थिए । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित प्रमुख–उप्रमुखलाई स्वागत
दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नवनिर्वाचित प्रमुख–उपप्रमुखलाई स्वागत गरेको छ । प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५–२५ किलोका माला लगाई सम्मान गरेका हुन् ।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्षसमेत रहेका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठूलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमूना काम गर्न आग्रह गरे । सम्मान ग्रहण गर्दै नगरप्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताए ।