२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।