२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको चौतारामा रहेका सरकारी कार्यालयको अनुगमन



अ+ अ-

सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो ।

छ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा दुई, विद्युत प्राधिकरण शाखा कार्यालयमा तीन, शिक्षा समन्वय एकाइमा एक, पूर्वाधार विकास कार्यालयमा दुई, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा एक र स्वास्थ्य कार्यालयमा एक गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।

बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्काललाई सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।