२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोरीमा संग्लग्न आठ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकल सहित चोरीमा संग्लग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी टिकुली नगरपालिका–५ बस्ने २७ वर्षीय करण महमद, झापा गौरीगञ्ज गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर, अर्जुनधारा नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर, बिर्तामोड नगरपालिका–५ बस्ने १८ वर्षीय २ जना किशोर, सोही नगरपालिका-३ बस्ने १९ वर्षीय कुमार राजवंशी र ईलाम चुलाचुली घर बताउने १८ वर्षीय किशोर रहेका छन् ।

झापाका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धान गर्न क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका८ कदमगाछी बस्ने अशोक विहारीको घरमा ग्यारेज भित्रबाट, सोही नगरपालिका–१० बस्ने बिमल हुमागाईको घरमा मोटरसाइकल ग्यारेज संचालन गरी बस्ने करण महमदको ग्यारेजबाट र झापाको बिभिन्न स्थानवाट चोरी भएका उक्त मोटरसाइकल फेला पारेको हो ।

उनीहरू उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।