२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण



अ+ अ-

गोरखा । वन्यजन्तुको उपभोगका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालयले जिल्लाभित्रका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’ कार्यक्रमअन्तर्गत हालसम्म १५ पोखरी निर्माण गरेको छ ।

सहायक वन अधिकृत महेश पौडेलका अनुसार पोखरी निर्माणका लागि छनोटमा परेका प्रत्येक सामुदायिक वनलाई कार्यालयले रु एक लाख उपलब्ध गराउँदै आएको छ । “कार्यालयले उपलब्ध गराएको रकमबाहेक थप २० प्रतिशत रकम उपभोक्ताको साझेदारीमा लगानी हुन्छ, उपभोक्ता र कार्यालयको साझेदारीमा सामुदायिक वनमा पोखरी निर्माण गरिँदै आएको छ”, उहाँले भन्नुभयो ।

वन कार्यालयले सकेसम्म सामुदायिक वनमा नजिकै पानीको मुहान भएको ठाउँमा पोखरी निर्माण गर्ने गरेको छ । पानी अभाव भएको स्थानमा समेत बाहिरबाट पाइपमा पानी ल्याएर पोखरीमा सङ्कलन गर्ने गरेको छ । “वन्यजन्तुलाई अब पानीको अभाव हुँदैन”, पौडेलले भन्नुभयो, “त्यसबाट जङ्गली जनावर गाउँबस्तीमा छिर्ने क्रम रोकिने छ ।” पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उहाँको भनाइ छ ।

जङ्गलमा पोखरी निर्माण गर्दा डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुनेछ । कार्यालयले निर्माण गर्दै आएको पोखरी करिब १३ मिटर लम्बाइ ६ मिटर चौडाइ र झण्डै एक मिटर गहिराइको रहेको छ । कार्यालयले आर्थिक वर्ष २०७५/७६ देखि गोरखाका सामुदायिक वनमा ‘एक सामुदायिक वन, एक–एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण गर्दैै आएको हो ।