२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने



अ+ अ-

काठमाडौंं । आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ ।

अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन ।

नेपालका पहिलो रोजाइका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपस्थित हुने छैनन् । उनीहरुको स्थानमा प्रशिक्षक पुबुदु दसानायाकेले ओपनर सुवास खकुरेल र सुनिल धमालालाई अमेरिका बोलाएका छन् । सुवास सन् २०२० र सुनिल सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।

नेपालको तुलनामा ओमान बलियो टोली देखिन्छ । नेपाल र ओमनबीचको एकदिवसीय खेलमा हालसम्म चार खेल भएको छ । जसमध्ये नेपालले एक खेल जितेको छ भने बाँकी तीन खेल ओमानले जितेको छ ।

विश्वकप लिग दुईमा नेपालले यसअघि खेलको १२ खेलमा १२ अङ्क जोडेको छ । नेपालले छ खेलमा जित तथा छ खेलमा हार बेहोर्दै १२ अङ्क जोडेको हो । नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

यता ओमनले भने ४० अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जित, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका सात टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो ।

त्यसैगरी स्कटल्याण्ड दोस्रो स्थानमा छ भने संयुक्त अरब इमिरेट्स ९युएई० तेस्रो स्थानमा छ । अमेरिका चौथो स्थानमा रहदा नामिबिया पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी भने सातौँ स्थानमा छ ।

उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग पुन खेल्नेछ । त्यसैगरी सिरिजको अन्तिम खेल असार १ गते नेपालले अमेरिकाससँग खेल्नेछ । रासस