२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कपः नेपाल कुवेतसँग पराजित



अ+ अ-

एजेन्सी । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

शनिबार राति कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

कुवेतलाई जित दिलाउन युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए ।

पहिलो हाफमा १–० को स्थितिमा नेपालले कुवेतलाई रोकेपनि दोस्रो हाफमा नेपालले ३ गोल खान पुग्यो ।

कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कुवेतको दुई खेलबाट ३ अंक छ । नेपाल अंकविहिन छ । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ । उनीहरुले एक खेल कम खेलेका छन् ।

छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।